• असार ४, २०८२
  • No Comment
  • 142

कैलाली इन्काउन्टर प्रकरण ‘फेक’ भएको खुलासा, भारतबाट ल्याएर जंगलमा गोली हानिएको आरोप

 कैलालीमा बिहीबार भएको भनिएको प्रहरी इन्काउन्टर ‘फेक’ अर्थात बनावटी भएको खुलेको छ। नेपाल तथा भारतस्तरीय उच्च प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुई युवकमाथि नियन्त्रणमा लिएपछि योजनाबद्ध रूपमा गोली चलाइएको छ। टीकापुर नगरपालिका–१ का ३१ वर्षीय टेकेन्द्र सिंह विष्टमाथि जेठ १५ गते एक क्याफेमा कफी खाँदै गरेको अवस्थामा खुकुरी र चक्कु प्रहार भएको थियो। घटनामा संलग्न भन्दै रिदम ढुंगाना र मिलन चन्द फरार थिए। उनीहरू भारतको राजस्थानमा लुकेर बसेको सूचना पाएपछि सुदूरपश्चिम प्रदेश प्रहरीको टोली भारत पसेको थियो। स्रोतका अनुसार भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई नेपाल ल्याइएको थियो। तर, सशस्त्र प्रहरीलाई जानकारी नगराई चन्द र ढुंगानालाई भजनी नगरपालिका–७ को जंगलमा लगेर खुट्टामा गोली हानिएको दाबी गरिएको छ। ढुंगानाका दाजु सुदीप चन्दले पनि भारतबाट ल्याएर जंगलमा उभ्याएर पछाडिबाट गोली हानिएको बताएका छन्। उनीहरूले अस्पतालमा आफन्त भेट्न नपाएको गुनासो समेत गरेका छन्।

यस विषयमा सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी डम्बर विश्वकर्माले प्रतिक्रिया दिन मानेनन् भने कैलालीका एसपी बाल नरसिंह राणालाई जिम्मा दिएका छन्। कैलाली प्रहरीले भने उनीहरू भारततर्फ भाग्न खोज्दा इन्काउन्टर भएको दाबी गरेको छ। प्रहरीले चन्द र ढुंगाना पक्राउ परेको स्थान कैलारी गाउँपालिका–३ र इन्काउन्टर भएको स्थान भजनी नगरपालिका–७ रहेको जनाएको छ। प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार वन क्षेत्रमा पिसाब लागेको भन्दै भ्यानबाट झरेपछि उनीहरू भाग्न खोज्दा गोली चलाइएको हो। तर, हतकडी लगाइएका व्यक्तिहरू भ्यानबाट भाग्ने सम्भावना न्यून भएको भन्दै प्रहरीको कथनप्रति प्रश्न उठाइएको छ। प्रहरीका अनुसार सुरुवातमा दुई राउन्ड गोली हानिएको भनिएपनि पछि केही हवाई फायर र खुट्टामा दुई राउन्ड प्रहार गरिएको बताइएको छ। गोली दुवैको तिघ्रामा लागेको छ र उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। यस घटनामा टेकेन्द्र विष्टमाथि आक्रमण गरेको आरोपमा पाँच जनाविरुद्ध जाहेरी परेपनि हालसम्म चन्द र ढुंगाना मात्र पक्राउ परेका छन्।

सम्बन्धित खबर

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…
चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती मन्दिर निर्माण कार्य सुरु

चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती…

सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–८ भट्टेसरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सरस्वती मन्दिर निर्माण कार्य सुरु गरिएको छ। लालझाडी…
ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभावबारे परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *