• असार ४, २०८२
  • No Comment
  • 144

फेवाताल संरक्षणका लागि सेदी किनारबाट बृहत् सरसफाइ अभियान सुरु

पोखरा, कास्की — फेवातालको संरक्षण अभियान अन्तर्गत पोखराको पश्चिम–उत्तर भागस्थित सेदी किनारबाट बृहत् सरसफाइ अभियान सुरु गरिएको छ। नागरिक समाजको अगुवाइमा सञ्चालन गरिएको अभियानले बर्सातको समयमा फेवातालमा संकलित जलकुम्भी, प्लास्टिकजन्य फोहोर तथा अन्य अपसिष्ट हटाउने लक्ष्य लिएको छ।  ‘महाअभियान कास्की’ का संयोजक रामबहादुर पौडेलका अनुसार वातावरण संरक्षण र तालको दीर्घायुका लागि यो अभियान आवश्यक भएको हो। उनका अनुसार तालमा फैलँदै गइरहेका गैरनष्ट सामग्रीले प्रदूषण बढाइरहेको हुँदा तत्कालीन पहल जरुरी थियो।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अभियानको शुभारम्भ गर्दै नागरिक समाजको सहभागिता वातावरण संरक्षणका लागि सकारात्मक सन्देश बन्ने बताउनुभयो। उहाँले पोखराको गौरव एवं फेवातालको गरिमा जोगाउन यस्तो अभियानको दीर्घकालीन महत्त्व रहेको उल्लेख गर्नुभयो। फेवातालको सरसफाइमा पोखरा महानगरपालिका, नेपाल प्रहरी, नागरिक समाज, पर्यटन व्यवसायी, जलारी समुदाय लगायत विभिन्न संघ–संस्थाको सक्रिय सहभागिता रहेको छ। जलारी समुदायका अध्यक्ष ज्ञानबहादुर जलारीले तालको अस्तित्व जोगाउन आफ्ना तर्फबाट निरन्तर प्रयास गरिरहेको जानकारी दिनुभयो।

अभियन्ता दुर्गा शर्मा लम्सालले सरसफाइ अभियानमा महिलाहरूको सक्रियता उल्लेखनीय रहेको बताउँदै महिलाको सहभागिता संरक्षणमा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। रामसार सूचीमा सूचीकृत फेवातालको दीर्घ संरक्षणका लागि नागरिक समाजले हाल अतिक्रमण नियन्त्रण, जल व्यवस्थापन सुधार, ड्याम संरक्षणजस्ता अभियान सञ्चालन गर्दै आएको छ। संयोजक पौडेलले राज्य र स्थानीय सरकारलाई ठोस नीति निर्माणका लागि दबाब दिइरहेको पनि जानकारी दिनुभयो। सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्दै गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले ताल किनारबाट ६५ मिटर क्षेत्र मापदण्ड अनुसार पिल्लर गाड्ने काम जारी राखेको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *