• जेष्ठ २९, २०८२
  • No Comment
  • 181

१७ औँ नेपाली ओपन कन्सर्टमा सहभागी हुन गायक खेम सेन्चुरी र गायिका अन्जु पन्त लन्डनमा

बेलायतमा आयोजना हुने १७ औँ नेपाली ओपन कन्सर्टमा भाग लिन चर्चित गायिका अन्जु पन्त र गायक तथा ‘भ्वाइस अफ नेपाल’ सिजन ६ का कोच खेम सेन्चुरी बुधबार राति लन्डन आइपुगेका छन्।

उनीहरू मगर संघ यूकेले यही १४ जुन शनिबार आयोजना गर्न लागेको ‘नेपाली ओपन कन्सर्ट २०२५’ मा प्रस्तुति दिन लन्डन आएका हुन्। कन्सर्टमा ‘भ्वाइस अफ नेपाल’ सिजन ३ का उत्कृष्ट १२ मा परेका युवा कलाकार विजय ठाडा मगरको पनि विशेष प्रस्तुति रहनेछ। कलाकारहरूको स्वागत मगर संघ बेलायतका अध्यक्ष लालु पुनसहितको टोलीले लन्डन विमानस्थलमा गरेका थिए।

मगर संघ यूकेले नेपाली कला, संस्कृति, गीत-संगीतको संरक्षण र प्रवर्द्धनका लागि सन् २००६ देखि प्रत्येक वर्ष यो ओपन कन्सर्ट आयोजना गर्दै आएको हो। करिब ५ हजार दर्शकको सहभागिता रहने अनुमान गरिएको कन्सर्ट बेलायतको फार्नब्रो रग्बी फुटबल क्लबमा बिहान ११ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुनेछ।

‘म्यूजिक फर युनिटी’ नारासहित आयोजना हुने यस कार्यक्रममा बालबालिका, युवा, वयस्क र ज्येष्ठ नागरिक सबैका लागि उपयुक्त सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति रहने आयोजकहरूले बताएका छन्। स्थानीय बेलायती कलाकारहरूले समेत आकर्षक नृत्य प्रस्तुति दिने कार्यक्रमको तयारी गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे रहनेछन् भने स्थानीय मेयर, उपमेयर, काउन्सिलरहरू तथा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहनेछ।

गायिका अन्जु पन्त र गायक खेम सेन्चुरी भने कार्यव्यस्ततालाई ध्यानमा राखी कन्सर्ट सम्पन्न भएलगत्तै भोलिपल्ट नेपाल फर्किने कार्यक्रम रहेको जनाइएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *