• जेष्ठ २७, २०८२
  • No Comment
  • 244

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा २३ हजार नगद सहित ७ जना पक्राउ

सुर्खेत। सुर्खेत  प्रहरीले वीरेन्द्रनगरमा जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका-११, पिपिरा चोकस्थित एक घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार मंगलबार दिउँसो करिब ४ बजे तुपलाल गिरीको घरमा छापा मारिएको थियो। प्रहरी टोलीले जुवाको खालबाट २३ हजार ५५ रुपैयाँ नगद र ६ गड्डी ताससमेत बरामद गरेको छ।

पक्राउ पर्नेमा घरधनी ६६ वर्षीय तुपलाल गिरीसहित वीरेन्द्रनगर नगरपालिका-६ का ३८ वर्षीय चक्र बहादुर चौडेल, वडा नं. ११ का ४० वर्षीय युवराज वि.क. र ३७ वर्षीय झलक प्रकाश चन्द रहेका छन्।

त्यस्तै, दैलेखको डुंगेश्वर गाउँपालिका-८ घर भई हाल वीरेन्द्रनगर-११ मा बस्दै आएका ५० वर्षीय टेकराज बनसम्म्यासी, दैलेखकै भगवतीमाई गाउँपालिका-३ का ३६ वर्षीय तेजबिक्रम शाही र वडा नं. ६ स्थायी घर भई हाल वीरेन्द्रनगर-१० बस्ने ४० वर्षीय भक्त बहादुर रोकायलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखिएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको डीएसपी बुढथापाले जानकारी दिनुभयो।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *