• जेष्ठ २७, २०८२
  • No Comment
  • 144

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा २३ हजार नगद सहित ७ जना पक्राउ

सुर्खेत। सुर्खेत  प्रहरीले वीरेन्द्रनगरमा जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका-११, पिपिरा चोकस्थित एक घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार मंगलबार दिउँसो करिब ४ बजे तुपलाल गिरीको घरमा छापा मारिएको थियो। प्रहरी टोलीले जुवाको खालबाट २३ हजार ५५ रुपैयाँ नगद र ६ गड्डी ताससमेत बरामद गरेको छ।

पक्राउ पर्नेमा घरधनी ६६ वर्षीय तुपलाल गिरीसहित वीरेन्द्रनगर नगरपालिका-६ का ३८ वर्षीय चक्र बहादुर चौडेल, वडा नं. ११ का ४० वर्षीय युवराज वि.क. र ३७ वर्षीय झलक प्रकाश चन्द रहेका छन्।

त्यस्तै, दैलेखको डुंगेश्वर गाउँपालिका-८ घर भई हाल वीरेन्द्रनगर-११ मा बस्दै आएका ५० वर्षीय टेकराज बनसम्म्यासी, दैलेखकै भगवतीमाई गाउँपालिका-३ का ३६ वर्षीय तेजबिक्रम शाही र वडा नं. ६ स्थायी घर भई हाल वीरेन्द्रनगर-१० बस्ने ४० वर्षीय भक्त बहादुर रोकायलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखिएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको डीएसपी बुढथापाले जानकारी दिनुभयो।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *