• जेष्ठ २३, २०८२
  • No Comment
  • 224

भेरी नदीमा डुबेका तीन बालबालिका मध्ये एकको मृत्यु, दुई  बेपत्ता

रुकुम पश्चिम।  रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ मा रहेको ठुलो भेरी नदीमा पौडी खेल्ने क्रममा डुबी तीन जना बालबालिकामध्ये एक जनाको मृत्यु भएको छ भने दुई जना अझैसम्म बेपत्ता रहेका छन्।

शुक्रबार दिउँसाे जाजरकोट नलगाड नगरपालिका–८ घर भई हाल आठबिसकोटको विद्यालयमा अध्ययनरत तीन जना बालबालिका भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेका हुन्। डुबेकामध्ये १६ वर्षीया भगवती नेपालीलाई स्थानीयको सहयोगमा उद्धार गरी तत्काल आठबिसकोट नगर अस्पतालमा पुर्याइएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

बेपत्ता हुनेमा नलगाड–८ का सुरेन्द्र कुसारीका १० वर्षीय छोरा महेश कुसारी र १२ वर्षीया छोरी आशा कुसारी रहेका छन्। घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्र.नि. गणेश खनालको नेतृत्वमा ९ जना प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको  प्रहरीले जनाएकाे छ । साथै, जिल्ला प्रहरी कार्यालय जाजरकोट अन्तर्गत इलाका प्रहरी चौकी मैदेबाट समेत प्र.ह. राम बहादुर नेपालीको नेतृत्वमा थप टोली खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे  छ।

घटनास्थलमा बालबालिकाका लुगा, चप्पल र साइकल भेटिएको छ। स्थानीयका अनुसार तीनै जना विद्यालयबाट फर्कँदै गर्दा नदी किनारमा पौडी खेल्न गएका थिए।

प्रहरी र स्थानीयको सहयोगमा बेपत्ताहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।  थप विवरण अाउन बाँकि रहेकाे पनि प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *