• जेष्ठ २३, २०८२
  • No Comment
  • 150

भेरी नदीमा डुबेका तीन बालबालिका मध्ये एकको मृत्यु, दुई  बेपत्ता

रुकुम पश्चिम।  रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ मा रहेको ठुलो भेरी नदीमा पौडी खेल्ने क्रममा डुबी तीन जना बालबालिकामध्ये एक जनाको मृत्यु भएको छ भने दुई जना अझैसम्म बेपत्ता रहेका छन्।

शुक्रबार दिउँसाे जाजरकोट नलगाड नगरपालिका–८ घर भई हाल आठबिसकोटको विद्यालयमा अध्ययनरत तीन जना बालबालिका भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेका हुन्। डुबेकामध्ये १६ वर्षीया भगवती नेपालीलाई स्थानीयको सहयोगमा उद्धार गरी तत्काल आठबिसकोट नगर अस्पतालमा पुर्याइएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

बेपत्ता हुनेमा नलगाड–८ का सुरेन्द्र कुसारीका १० वर्षीय छोरा महेश कुसारी र १२ वर्षीया छोरी आशा कुसारी रहेका छन्। घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्र.नि. गणेश खनालको नेतृत्वमा ९ जना प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको  प्रहरीले जनाएकाे छ । साथै, जिल्ला प्रहरी कार्यालय जाजरकोट अन्तर्गत इलाका प्रहरी चौकी मैदेबाट समेत प्र.ह. राम बहादुर नेपालीको नेतृत्वमा थप टोली खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे  छ।

घटनास्थलमा बालबालिकाका लुगा, चप्पल र साइकल भेटिएको छ। स्थानीयका अनुसार तीनै जना विद्यालयबाट फर्कँदै गर्दा नदी किनारमा पौडी खेल्न गएका थिए।

प्रहरी र स्थानीयको सहयोगमा बेपत्ताहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।  थप विवरण अाउन बाँकि रहेकाे पनि प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *