• जेष्ठ २३, २०८२
  • No Comment
  • 140

सशस्त्र प्रहरीका गोताखोर बेपत्ता घटनामा गृहमन्त्री लेखकद्वारा दुःख व्यक्त

गृहमन्त्री रमेश लेखकले सप्तरीस्थित कोसी नदीमा सशस्त्र प्रहरी बलका दुई गोताखोर जवान बेपत्ता भएको घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन्। शुक्रबार बिहान हल्चोकस्थित सशस्त्र प्रहरी प्रधान कार्यालय पुगेर उनले घटनाबारे विस्तृत जानकारी लिएका हुन्।

बिहीबार मनसुनजन्य विपद्‌को पूर्वतयारी अभ्यासका क्रममा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ को कोसी नदीमा सशस्त्र प्रहरी जवान हरदेव राजवंशी र सुरज साउँद बेपत्ता भएका थिए। घटनालगत्तै सुरु गरिएको खोजी अभियानमा शुक्रबार बिहान हरदेव राजवंशीको शव घटनास्थलभन्दा करिब तीन किलोमिटर तल फेला परेको छ। उनको शव परीक्षणका लागि राजविराज अस्पताल पठाइएको छ भने सुरज साउँद अझै बेपत्ता छन्।

गृहमन्त्री लेखकले शोकलाई शक्तिमा बदल्दै आगामी दिनमा यस्ता अभ्यासहरू अझ सुरक्षित र व्यवस्थित बनाउन निर्देशन दिएका छन्। उनले भने, “खतराजन्य उद्धारमा खटिने सुरक्षाकर्मीको जीवन बीमा र आवश्यक बजेट व्यवस्थापनका लागि गृह मन्त्रालय प्रतिवद्ध छ।”

साथै, बेपत्ता जवान साउँदको खोजीमा कुनै कमी नराख्न उनले सुरक्षा निकायलाई निर्देशन दिएका छन् र खोज कार्यमा प्रदेश सरकारसँग समन्वय गर्न पनि आग्रह गरेका छन्।

राजवंशी श्रीअन्तु गण इलाममा दरबन्दी भई दन्तकाली विशेष तालिम शिक्षालय सप्तरीमा कार्यरत थिए भने साउँद १३ नम्बर गण पर्सामा दरबन्दी भई छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए।

घटनाबारे जानकारी लिन मन्त्री लेखकसँगै प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा, निमित्त गृहसचिव जय नारायण आचार्य, शान्ति सुरक्षा महाशाखा प्रमुख रामचन्द्र तिवारीलगायत अधिकारीहरू सशस्त्र प्रहरी बलको प्रधान कार्यालय पुगेका थिए। त्यहाँ कार्यवाहक संगठन प्रमुख एआईजी नारायणदत्त पौडेलले घटनाको विवरण प्रस्तुत गरेका थिए ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *