• जेष्ठ २०, २०८२
  • No Comment
  • 119

सभामुखसँगको छलफलमा पनि गृहमन्त्रीको राजीनामाबाट टसमस भएनन् विपक्षी दल

प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले डाकेको प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँगको बैठक पनि निष्कर्षबिहीन भएको छ।  बैठकमा विपक्षीले यसअघिकै विषय दोहोर्‍याएपछि निष्कर्ष ननिस्केको हो।  बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले गृहमन्त्री रमेश लेखकला सदनमा बोल्न दिने वातावरण बनाउन पुन:प्रस्ताव गरेका थिए। तर विपक्षीले भने भिजिट भिसा प्रकरणा गृहमन्त्रीको समेत नाम जोडिएकोले उनले राजीनामा नदिई सदन चल्न नदिने बताए।

‘सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिलिरहेको छैन। सरकार भन्छ- गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्‍यो,’ नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले भने, ‘हामी प्रतिपक्षीले भने यो घटना छानबिनका लागि उच्चस्तरीय समिति नबनेसम्म न गृहमन्त्रीले बोल्न मिल्छ न सदन चल्छ भन्यौ।’ उनले प्रतिपक्षीको माग दुई वटा भएको बताए। ‘खासगरी प्रतिपक्षीको २ वटा माग छ। एउटा माग भनेको गृहमन्त्रीको राजीनामा।  मानवतस्करी सँग गृहमन्त्रीको नाम जोडियो नि त,’ उनले भने, ‘दोस्रो पहिलेदेखि नै अध्यागमनबाट भिजिट भिसा प्रकरणमा आपराधिक कार्य भएको देखिएकोले यसको छानबिन गर्नुपर्‍यो। समग्र छानबिन हुनुपर्‍यो। उच्चस्तरीय छानबनिन गर्न सरकार तयार भए। गृहमन्त्रीले बोल्न पि पाउने, हाउस पनि चल्ने। नत्र हुँदैन।’

पाण्डेका अनुसार कांग्रेस पमुख सचेतक घिमिरेले नयाँ प्रस्ताव आएकोले आन्तरिक छलफल गर्ने बताएका छन्।

त्यस्तै बिहान ११ बजेका लागि डाकिएको प्रतिनिधिसभा बैठक पनि दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुखले सदन खुलाउनका लागि सत्तारुढ र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल जारी राखेका छन्।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *