- चैत्र २४, २०८१
- No Comment
- 113
ऋषि स्मृति प्रतिष्ठान सुर्खेतको १७औँ स्मृति दिवस पञ्चपुरीकाे बाबियाचौरमा सम्पन्न

ऋषि स्मृति प्रतिष्ठान सुर्खेतको १७औँ स्मृति दिवस सुर्खेतको पञ्चपुरी नगरपालिका- ५ बाबियाचौरमा सम्पन्न भएको छ ।
नेकपा एमालेका तत्कालीन नेता सहिद ऋषिप्रसाद शर्माको योगदान र सम्झनालाई जिवन्त राख्न उद्देश्यले स्थापित प्रतिष्ठानको स्मृतिमा कार्यक्रम भएको हो । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उम्मेद्वार भएका नेता शर्माको चुनावी अभियानकै क्रममा सुर्खेतको लोदेमा गोली हानी हत्या गरिएको थियो । शर्माको हत्यापछि उनको योगदान र विचारधारालाई जनतामाझ पुर्याउनका लागि स्थापित प्रतिष्ठानले सामाजिक क्षेत्रमा विभिन्न कार्यहरु सञ्चालन गर्दै आएको छ ।
नेकपा एमाले पञ्चपुरी नगर कमिटीको आयोजनामा बिन्दुलाल रेग्मीको अध्यक्षतामा र नेकपा एमाले कर्णाली प्रदेश सल्लाहकार सदस्य क रेशम रानामगरको प्रमुख अतिथि ,विशेष अतिथि नेकपा एमाले पुर्व प्रदेश कमिटी सदस्य कमरेड डण्डि प्रसाद शर्मा ,पेशागत महासंघ कर्णाली प्रदेश उपाध्यक्ष भुमिसरा चपाई ,प्रगतिशील प्राध्यापक संगठन तथा बिध्यापुर जनता बहुमुखी क्याम्पस अध्यक्ष डिल्लीराम भण्डारीको अतिथिमा कार्यक्रम सम्पन्न भएको छ ।
यस्तै कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सुर्खेत सल्लाहकार सदस्य कमरेड देवराज रिमाल, चन्द्र ब सार्की नेकपा एमाले पञ्चपुरी नगर कमिटी अध्यक्ष भीम रावत उपाध्यक्ष रमेश वाैडेल , हाेम ब रामजाली लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
