- चैत्र २३, २०८१
- No Comment
- 135
आन्दोलनका नाममा अराजकता मच्चाउनु गलत कुरा हाे : युवानेता भुपेन्द्रजंग शाही

आन्दोलनका नाममा अराजकता मच्चाउनु गलत कुरा हो।
आन्दोलनको नाममा चोरि, डकैती र लुटपिट मच्चाउने जोसुकै भएपनि कानुनी दायरामा आउनै पर्छ। दोषी नछुटोस तर निर्दोष पनि नफसोस भन्ने कुरामा गम्भिर ध्यान पुर्याउन जरुरी छ। आन्दोलनको नाममा कस्ले चोरी , डकैती , हिंसा गर्न खोज्यो ? र कस्ले राजनीतिक उद्देश्य मात्र लिएर लोकतन्त्रमा आफ्नो बिरोधको स्वर चर्को रुपमा उठायो यो कुरा छुट्टाउनु जरुरी छ।
१) सुन चोर्ने होस या नुन चोर्ने चोर चोरै हुन । रक्सि चोर्ने चोर अनि सुन्तला चोर्ने साधु हुदैन । तर पनि सरकारले के विचार पुर्याउन जरुरि छ भने आन्दोलनको नाममा लुटपाट मच्चाउने को हुन ? र आन्दोलनकारीले लुटपाट मच्चाइरहेको बेला छरपस्ट भाको सरसामान देखेर लोभित भइ जान अन्जान गल्ती गरेका सर्बसाधारण व्यक्तिहरु को हुन? दशा लागेको वेला कैले काहिँ मान्छे बाट नचाहेर पनि गल्ति हुन जान्छ।
त्यसैले अन्जानमा भुल बस सुन्तला, कागति, पाउरोटीमा लोभित भएका सर्वसाधारण लाई सामान्य सचेत गराएर रिहाइ गर्दा हुन्छकि जस्तो लाग्छ ।
२) गत चैत १५ गतेको तीनकुने घटनापछि पक्राउ परेका मध्य को साक्चिकै अराजकता, हिंसा भड्काउन को को लागेका थिए ? र राजनितिक आस्था र बिचारको आधारमा मात्रै को कस्ले चर्को आवाज र आक्रोस मात्र पोखेका थिए ? यो छुट्याउन जरुरि छ। गत चैत १५ गतेको अराजकतामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा अलि आबेगमा, आक्रोसमा र गैरजिम्मेवारीपनमा देखिएको हो ।
भोलिका दिनमा उहाँहरुमा अलि जिम्मेवार पूर्वक प्रस्तुत हुन आवश्यक देखिन्छ। तर उहाँहरुलाई फरक बिचार, फरक आस्था , सरकारलाई चर्को स्वरमा गाली , केहि आक्रोस, र राजाबादि भएकै कारणले हिरासतमा राखि राख्नु पर्छ जस्तो लाग्दैन ।
उहाँहरुलाई भोलिको दिनमा फरक आस्था राखे पनि आराजक र गैरजिम्मेवार ढङ्गले प्रस्तुत नहुने गरि अहिले तत्काल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन सङ सम्बाद समन्वय र छलफल गरि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा लाइ हिरासत मुक्त गर्दा गणतन्त्र खतरामा परिहाल्छ जस्तो मलाइ लाग्दैन।



