• चैत्र २२, २०८१
  • No Comment
  • 15

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच बैंककमा द्विपक्षीय भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डको राजधानी बैंककमा भेटवार्ता भएको छ। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को छैटौं सम्मेलनको सन्दर्भमा शुक्रबार उनीहरूबीच ‘साइडलाइन’ भेटवार्ता भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

भेटमा दुई देशबीचको आपसी हित, सहयोग, द्विपक्षीय सम्बन्ध सुदृढीकरणलगायतका विषयमा विस्तृत छलफल भएको थियो। प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई आगामी जेठ २, ३ र ४ गते काठमाडौंमा आयोजना हुने ‘सगरमाथा संवाद’ कार्यक्रममा सहभागी हुन पुनः आग्रह गरेका छन्।

यसअघि पनि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गत चैतमा नयाँ दिल्लीमा आयोजना भएको राइसिना संवादमा सहभागी हुन गएको अवसरमा भारतीय विदेशमन्त्री एस. जयशंकरमार्फत प्रधानमन्त्री मोदीलाई औपचारिक निमन्त्रणा दिएकी थिइन्।

भेटवार्तामा परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्र सचिव अमृत राई सहभागी थिए।

प्रधानमन्त्री ओलीले पछिल्लो पटक पदभार सम्हालेपछि प्रधानमन्त्री मोदीसँग भएको यो दोस्रो भेट हो। यसअघि गत असोज ६ गते संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन अमेरिका गएका बेला न्युयोर्कमा दुई नेताबीच भेटवार्ता भएको थियो। सो अवसरमा ऊर्जा, प्रविधि र व्यापारलगायत विषयमा छलफल भएको थियो। मोदीले सामाजिक सञ्जाल एक्समार्फत् सो जानकारी दिएका थिए।

प्रधानमन्त्री ओलीले यसअघि बुधबार थाइल्याण्डकी समकक्षी पे थोङ थान् शिनावातसँग पनि औपचारिक भेटवार्ता गरेका थिए ।

सम्बन्धित खबर

सुर्खेतमा शिक्षकहरुलाई २ दिने तालिम (फाेटाेहरू सहित)

सुर्खेतमा शिक्षकहरुलाई २ दिने तालिम (फाेटाेहरू सहित)

सुर्खेतमा नाशा एकेडेमी र सुर्खेत देउती नेपाल बोर्डिग स्कुलले २ दिने मन्टेश्वरी ट्रेनिगं एण्ड वर्कसप तालिम संयूक्त रुपमा सपन्न गरेका छन्…
चौकुने गाउँपालिका ८ गुटुमा जलवायु परिवर्तन जोखिम ब्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिका ८ गुटुमा जलवायु परिवर्तन जोखिम ब्यवस्थापन सम्बन्धि…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका वडा न ८ को सभाहलमा जलवायु परिवर्तन जोखिम ब्यवस्थापन सम्बन्धि अभिमुखीकरण सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको…
घाटगाऊ बृहत सिँचाइ आयोजना कार्यान्वयन सम्बन्धि चौकुने गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र

घाटगाऊ बृहत सिँचाइ आयोजना कार्यान्वयन सम्बन्धि चौकुने गाउँपालिका अध्यक्षलाई…

चौकुने। घाटगाँउ वृहत् सिँचाइ आयोजनाका अध्यक्ष जनक बहादुर रावल र उपाध्यक्ष गंगाराम बि क को टोलीले चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस…

Leave a Reply

Your email address will not be published. Required fields are marked *