• चैत्र २२, २०८१
  • No Comment
  • 148

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच बैंककमा द्विपक्षीय भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डको राजधानी बैंककमा भेटवार्ता भएको छ। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को छैटौं सम्मेलनको सन्दर्भमा शुक्रबार उनीहरूबीच ‘साइडलाइन’ भेटवार्ता भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

भेटमा दुई देशबीचको आपसी हित, सहयोग, द्विपक्षीय सम्बन्ध सुदृढीकरणलगायतका विषयमा विस्तृत छलफल भएको थियो। प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई आगामी जेठ २, ३ र ४ गते काठमाडौंमा आयोजना हुने ‘सगरमाथा संवाद’ कार्यक्रममा सहभागी हुन पुनः आग्रह गरेका छन्।

यसअघि पनि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गत चैतमा नयाँ दिल्लीमा आयोजना भएको राइसिना संवादमा सहभागी हुन गएको अवसरमा भारतीय विदेशमन्त्री एस. जयशंकरमार्फत प्रधानमन्त्री मोदीलाई औपचारिक निमन्त्रणा दिएकी थिइन्।

भेटवार्तामा परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्र सचिव अमृत राई सहभागी थिए।

प्रधानमन्त्री ओलीले पछिल्लो पटक पदभार सम्हालेपछि प्रधानमन्त्री मोदीसँग भएको यो दोस्रो भेट हो। यसअघि गत असोज ६ गते संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन अमेरिका गएका बेला न्युयोर्कमा दुई नेताबीच भेटवार्ता भएको थियो। सो अवसरमा ऊर्जा, प्रविधि र व्यापारलगायत विषयमा छलफल भएको थियो। मोदीले सामाजिक सञ्जाल एक्समार्फत् सो जानकारी दिएका थिए।

प्रधानमन्त्री ओलीले यसअघि बुधबार थाइल्याण्डकी समकक्षी पे थोङ थान् शिनावातसँग पनि औपचारिक भेटवार्ता गरेका थिए ।

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *