• चैत्र १४, २०८१
  • No Comment
  • 184

घरायसी विवादको कारण देवरले गरे भाउजूको हत्या

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा देवरले भाउजूको हत्या गरेका छन् ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर(१ बस्ने २२ वर्षका राहुल दासले घरायसी विवादको कारण खुकुरी प्रहार गरी भाउजूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर प्रहरी प्रमुख विश्वराज खड्काका अनुसार राहुलले ३५ वर्षकी गुडिया दासलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकोमा उनको मृत्यु भएको हो ।

रुपेशले आफ्ना माइलो दाजु रुपेश दासलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने राहुललाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पहिले सूचना लुकाउँदा अहिले बर्डफ्लुको जोखिम

पहिले सूचना लुकाउँदा अहिले बर्डफ्लुको जोखिम

 काठमाडौं । ललितपुरस्थित सदर चिडियाखानामा बर्डफ्लु संक्रमण फैलिएको विषय समयमै सार्वजनिक नगरिएको आरोपपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखानाका प्रमुख सत्यनारायण साहलाई…
सुर्खेतमा जबरजस्ती करणी मुद्दामा फरार रहेका रिजाल पक्राउ

सुर्खेतमा जबरजस्ती करणी मुद्दामा फरार रहेका रिजाल पक्राउ

सुर्खेत । जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११…
सदस्यता अद्यावधिकका नाममा सदस्यता खारेज गर्ने निर्णयप्रति कांग्रेसभित्र असन्तुष्टि

सदस्यता अद्यावधिकका नाममा सदस्यता खारेज गर्ने निर्णयप्रति कांग्रेसभित्र असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता अद्यावधिक नगरेका व्यक्तिलाई पार्टी सदस्य नरहने भनिएको अभिव्यक्तिप्रति असन्तुष्टि देखिएको छ। सभापतिले झापामा आयोजित कार्यक्रममा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *