• चैत्र १३, २०८१
  • No Comment
  • 204

मुख तथा दाँतमा देखिने ७ रोग र स्वस्थ राख्ने ११ उपाय हेर्नुहाेस

मुख स्वास्थ्यको महत्त्वपूर्ण भूमिका रहेकोले यस विषयमा जानकारी आवश्यक छ। शरीर भित्र प्रवेश गर्ने खानेकुराको मूलद्वार नै मुख भएकाले यसको सरसफाइ तथा स्वास्थ्यलाई ध्यान दिनु अति आवश्यक छ। मुख अस्वस्थ भएमा शरीरका अन्य अंगहरूमा पनि नकारात्मक असर पर्न सक्छ।

मुख तथा दाँतमा देखिने ७ रोग

दन्त चिकित्सक डा. प्रकाश बुढाथोकीका अनुसार दाँत तथा मुख सफा नभएमा निम्न ७ किसिमका रोगहरू लाग्न सक्छन्:

  1. दाँत खिइने
  2. दाँतमा किरा लाग्ने
  3. दाँत सिरिङ सिरिङ हुने
  4. गिजाबाट रगत बग्ने
  5. दाँत हल्लिने
  6. मुखभित्र घाउ खटिरा आउने
  7. गिजा सुन्निने

नियमित रूपमा सूर्तिजन्य पदार्थको सेवन गरेमा दाँत तथा गिजामा दाग बस्ने मात्र नभई मुखको क्यान्सर समेत हुनसक्छ।

मुख तथा दाँतलाई स्वस्थ राख्ने ११ उपाय

डा. बुढाथोकीका अनुसार मुख तथा दाँत स्वस्थ राख्न निम्न उपायहरू अपनाउनुपर्छ:

  1. दाँत माझ्दा नरम ब्रसको प्रयोग गर्ने।
  2. फ्लोराइडयुक्त मञ्जन प्रयोग गर्ने।
  3. बालबालिकाले सानो केराउको दाना जति मात्रामा मञ्जन प्रयोग गर्ने।
  4. ठूला व्यक्तिले ठूलो केराउको दाना जति मात्रामा मञ्जन प्रयोग गर्ने।
  5. बिहान र बेलुका खाना खाइसकेपछि तीन मिनेटसम्म ब्रस गर्ने।
  6. मुखभित्रको अगाडि-पछाडिको दाँत, तल-माथिको दाँत, जिब्रो र जिब्रोभन्दा माथिको भाग सफा गर्ने।
  7. सूर्तिजन्य पदार्थको प्रयोग नगर्ने।
  8. अत्यधिक चिसो पदार्थ सेवन नगर्ने।
  9. दाँतमा खाना अड्किएमा सफा पानीले मुख कुल्ला गर्ने।
  10. ढुंगा, तार वा कुनै पनि कडा वस्तु नटोक्ने।
  11. चकलेट वा गुलियो पदार्थ खाएपछि अनिवार्य रूपमा मुख कुल्ला गर्ने।

हर ६ महिनामा एक पटक मुख तथा दाँतको परीक्षण गराउँदा वंशाणुगत रूपमा हुने समस्याहरू पहिल्यै थाहा पाउन सकिन्छ। यसले गम्भीर समस्या हुन नदिन मद्दत गर्छ र समयमै उपचार गर्दा खर्च पनि कम लाग्छ।

नियमित रूपमा मुख तथा दाँतको सरसफाइ गर्ने बानीले मुटु, मिर्गौला, पेट तथा अन्य अंगहरूलाई पनि स्वस्थ राख्न मद्दत गर्छ। त्यसैले आफ्नो मुख स्वास्थ्यलाई प्राथमिकता दिऔं र स्वस्थ जीवनशैली अपनाऔं। मुख र दाँत सम्बन्धि धेरै समस्या भएमा डाक्टरकाे सल्लाहमा लिनु पर्छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *