• फाल्गुन ४, २०८१
  • No Comment
  • 94

नेपाल र कतारको विदेशमन्त्री  मन्त्रीबीच भेटवार्ता, विपिन जोशीको रिहाइका लागि सहयोगको आग्रह

नेपालका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आज ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गरेका छन्। यो भेटवार्ता आठौँ हिन्द महासागरीय सम्मेलनको सन्दर्भमा भएको हो।

भेटको क्रममा, दुबै नेताले नेपाल र कतार बीचका द्विपक्षीय सम्बन्ध, पारस्पारिक लाभ र हितका विविध मुद्दाहरूमा छलफल गरेका थिए। विशेषगरी, कतारमा रहेका नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति र दक्ष प्राविधिक जनशक्तिको मुद्दामा कुराकानी भएको थियो।

त्यस अवसरमा, मन्त्री डा. देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि कतार सरकारसँग सहयोगको अपील गरेकी थिइन्। उनले, इजरायल सरकार र हमासबीच मध्यस्थता गर्दै युद्धविराम र शान्ति वार्ताका लागि कतार सरकारको भूमिका सराहना गर्दै विपिनको रिहाइका लागि विशेष पहल गर्न आग्रह गरेकी थिइन्।

मन्त्री डा. देउवाले यसअघि कतारका विदेशराज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल-खुलाइफीसँग फोनमार्फत  विपिनको रिहाइको लागि आग्रह गरेकी थिइन्। अल-खुलाइफी इजरायल र हमासबीच शान्ति वार्ताका प्रमुख वार्ताकार र मध्यस्थकर्ता हुन्।

नेपाल सरकारले विपिन जोशीको रिहाइका लागि गत वर्षदेखि कूटनीतिक प्रयासहरू जारी राखेको छ र विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा समेत यस मुद्दा उठाउँदै आएको छ। सन् २०२३ को अक्टोबर महिनामा इजरायली भूमिमा हमास समूहले विपिनलाई अपहरण गरी नियन्त्रणमा लिएको थियो।

सम्बन्धित खबर

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…
सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ नयाँरोड नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आज (शुक्रवार) दिउँसो करिब साढे १…

Leave a Reply

Your email address will not be published. Required fields are marked *