• फाल्गुन ४, २०८१
  • No Comment
  • 141

नेपाल र कतारको विदेशमन्त्री  मन्त्रीबीच भेटवार्ता, विपिन जोशीको रिहाइका लागि सहयोगको आग्रह

नेपालका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आज ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गरेका छन्। यो भेटवार्ता आठौँ हिन्द महासागरीय सम्मेलनको सन्दर्भमा भएको हो।

भेटको क्रममा, दुबै नेताले नेपाल र कतार बीचका द्विपक्षीय सम्बन्ध, पारस्पारिक लाभ र हितका विविध मुद्दाहरूमा छलफल गरेका थिए। विशेषगरी, कतारमा रहेका नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति र दक्ष प्राविधिक जनशक्तिको मुद्दामा कुराकानी भएको थियो।

त्यस अवसरमा, मन्त्री डा. देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि कतार सरकारसँग सहयोगको अपील गरेकी थिइन्। उनले, इजरायल सरकार र हमासबीच मध्यस्थता गर्दै युद्धविराम र शान्ति वार्ताका लागि कतार सरकारको भूमिका सराहना गर्दै विपिनको रिहाइका लागि विशेष पहल गर्न आग्रह गरेकी थिइन्।

मन्त्री डा. देउवाले यसअघि कतारका विदेशराज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल-खुलाइफीसँग फोनमार्फत  विपिनको रिहाइको लागि आग्रह गरेकी थिइन्। अल-खुलाइफी इजरायल र हमासबीच शान्ति वार्ताका प्रमुख वार्ताकार र मध्यस्थकर्ता हुन्।

नेपाल सरकारले विपिन जोशीको रिहाइका लागि गत वर्षदेखि कूटनीतिक प्रयासहरू जारी राखेको छ र विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा समेत यस मुद्दा उठाउँदै आएको छ। सन् २०२३ को अक्टोबर महिनामा इजरायली भूमिमा हमास समूहले विपिनलाई अपहरण गरी नियन्त्रणमा लिएको थियो।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

सुर्खेत। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व भएको मन्त्रीको भनाई अपाङ्गता रोकथाम तथा पुनर्स्थापना साझेदारी कार्यक्रम…
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…

Leave a Reply

Your email address will not be published. Required fields are marked *