• माघ ३०, २०८१
  • No Comment
  • 75

एक महिने स्वस्थानी व्रत कथा विधिपूर्वक आज समापन हुँदै

माघ शुक्ल पूर्णिमाका दिन आज एक महिने स्वस्थानी व्रत कथा विधिपूर्वक समापन हुँदैछ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले सुरु गरेको यो व्रतमा महादेव–पार्वतीको पूजा गर्दै स्वस्थानी देवीको कथा सुन्ने परम्परा छ।

व्रतालुले आज १०८ जनै, सुपारी, पान, फूल, रोटी, फलफूल र अन्य सामग्री चढाई देवीलाई अघ्र्य दिने परम्परा पूरा गर्छन्। चढाइएको प्रसादमध्ये केही भाग नदीमा सेलाउने र केही भाग परिवारका सदस्यहरूलाई दिने चलन रहेको छ। यो व्रतले मनोकांक्षा पूरा हुने र जीवनका समस्याहरू समाधान हुने धार्मिक विश्वास छ। व्रतालुले रातभर जाग्राम बसी देवीको महिमा वर्णन गर्ने कथा सुन्ने र सुनाउने गरिन्छ।

स्वस्थानी व्रत कथा विशेष गरी हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाउन गरेको कठोर तपस्या र व्रतको कथा हो। यसले बिछोडिएका जोडीलाई पुनः मिलन गराउने, रोगबाट मुक्ति दिलाउने र इच्छित वर वा वधू प्राप्त गराउने विश्वास पाइन्छ। यस्तै, गोमा ब्राह्मणीले पुत्र वियोगबाट मुक्ति पाएको र पुत्र नवराजलाई राजा बनाएको कथाले यो व्रतको महत्त्व थप बढाएको छ।

उपत्यकाको पूर्वी भागमा रहेको शालिनदीमा सुरु भएको माधवनारायण व्रत पनि आज विधिपूर्वक समापन गरिँदैछ। यहाँ करिब दुई सय महिला र पुरुषले कठोर व्रत गरेका थिए। व्रतका क्रममा भक्तजनले कठोर नियम पालना गर्दै शालिनदीमा स्नान, ध्यान र उपवास गरेका थिए। आज अश्वमेध यज्ञ गरी यो व्रत समाप्त गरिँदैछ।

यसैगरी, नेवार समुदायले आजको दिनलाई “सि पुन्हि” अर्थात् शुद्ध पूर्णिमाका रूपमा मनाउने परम्परा छ। यो पर्वले धार्मिक, सांस्कृतिक र सामुदायिक रूपमा महत्वपूर्ण स्थान ओगटेको छ।

सम्बन्धित खबर

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय पूर्वाधार

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय…

हुम्ला। अब पवित्र कैलाश मानसरोवरको दर्शनका लागि नेपालबाटै सहज हुने भएको छ। हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीस्थित पाँच हजार मिटर उचाइको लाप्चा…
खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २ करोडको सहारा

खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २…

सुर्खेत। सुर्खेतमा केही महिनाअघि भएको विनाशकारी आगलागीबाट आफ्नो व्यापार-व्यवसाय गुमाएका एक व्यवसायीले बीमा रकम पाएपछि राहतको सास फेरेका छन्। आगलागीले खरानी…
साउथ एशियन स्कलर्स एकेडेमीको सहयोगमा सामुदायिक विद्यालयलाई फर्निचर सामग्री हस्तान्तरण

साउथ एशियन स्कलर्स एकेडेमीको सहयोगमा सामुदायिक विद्यालयलाई फर्निचर सामग्री…

सुर्खेत — निजी विद्यालयले सामुदायिक विद्यालयप्रति देखाएको उत्तरदायित्व र सद्भावको एउटा उदाहरण स्वरूप, साउथ एशियन स्कलर्स एकेडेमी, वीरेन्द्रनगर–३ बाट नजिकैको सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *