• माघ ३०, २०८१
  • No Comment
  • 141

एक महिने स्वस्थानी व्रत कथा विधिपूर्वक आज समापन हुँदै

माघ शुक्ल पूर्णिमाका दिन आज एक महिने स्वस्थानी व्रत कथा विधिपूर्वक समापन हुँदैछ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले सुरु गरेको यो व्रतमा महादेव–पार्वतीको पूजा गर्दै स्वस्थानी देवीको कथा सुन्ने परम्परा छ।

व्रतालुले आज १०८ जनै, सुपारी, पान, फूल, रोटी, फलफूल र अन्य सामग्री चढाई देवीलाई अघ्र्य दिने परम्परा पूरा गर्छन्। चढाइएको प्रसादमध्ये केही भाग नदीमा सेलाउने र केही भाग परिवारका सदस्यहरूलाई दिने चलन रहेको छ। यो व्रतले मनोकांक्षा पूरा हुने र जीवनका समस्याहरू समाधान हुने धार्मिक विश्वास छ। व्रतालुले रातभर जाग्राम बसी देवीको महिमा वर्णन गर्ने कथा सुन्ने र सुनाउने गरिन्छ।

स्वस्थानी व्रत कथा विशेष गरी हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाउन गरेको कठोर तपस्या र व्रतको कथा हो। यसले बिछोडिएका जोडीलाई पुनः मिलन गराउने, रोगबाट मुक्ति दिलाउने र इच्छित वर वा वधू प्राप्त गराउने विश्वास पाइन्छ। यस्तै, गोमा ब्राह्मणीले पुत्र वियोगबाट मुक्ति पाएको र पुत्र नवराजलाई राजा बनाएको कथाले यो व्रतको महत्त्व थप बढाएको छ।

उपत्यकाको पूर्वी भागमा रहेको शालिनदीमा सुरु भएको माधवनारायण व्रत पनि आज विधिपूर्वक समापन गरिँदैछ। यहाँ करिब दुई सय महिला र पुरुषले कठोर व्रत गरेका थिए। व्रतका क्रममा भक्तजनले कठोर नियम पालना गर्दै शालिनदीमा स्नान, ध्यान र उपवास गरेका थिए। आज अश्वमेध यज्ञ गरी यो व्रत समाप्त गरिँदैछ।

यसैगरी, नेवार समुदायले आजको दिनलाई “सि पुन्हि” अर्थात् शुद्ध पूर्णिमाका रूपमा मनाउने परम्परा छ। यो पर्वले धार्मिक, सांस्कृतिक र सामुदायिक रूपमा महत्वपूर्ण स्थान ओगटेको छ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *