• माघ २७, २०८१
  • No Comment
  • 28

तुवाचुङ मिनी ग्रेटवाल: पर्यटकको बढ्दाे आकर्षण

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ स्थित तुवाचुङ–जायजुममा निर्माण गरिएको ‘तुवाचुङ मिनी ग्रेटवाल’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ।

किरात सभ्यताको ऐतिहासिक स्थल तुवाचुङ–जायजुममा ७३० मिटर लामो पदमार्ग निर्माण गरिएको हो। सिमेन्ट र कङ्क्रिटको प्रयोग नगरी चुनासुकी, इँटा, र फ्लाइ स्टोन जोडेर निर्माण गरिएको यो पर्खालले क्षेत्रको प्राकृतिक र ऐतिहासिक सौन्दर्यलाई झल्काउँछ।

समुन्द्री सतहदेखि १,८०० मिटर उचाइमा रहेको यस स्थानबाट हिमालयका शृङ्खलाहरू, सगरमाथा, र तराईको दृश्यावलोकन गर्न सकिन्छ। सूर्योदय र सूर्यास्त हेर्न उपयुक्त तुवाचुङ मिनी ग्रेटवालले पदयात्रा र प्राकृतिक दृश्यप्रेमीहरूलाई आकर्षित गरेको छ।

किरात सभ्यताका प्रतीक तयामा र खियामाले कपडा बुनेको ठाउँका साथै उनीहरूको प्रतिमा यहाँको मुख्य आकर्षण हो। नगरपालिकाले यस क्षेत्रमा पर्यटकका लागि सांस्कृतिक घर, गार्डेन, र चिया-कफी पार्क बनाउने योजना अघि सारेको छ।

सरकारको ‘एक सय गन्तव्य’ अन्तर्गत पर्ने यो स्थलले किरात सभ्यता, संस्कृति, र इतिहासको अध्ययन गर्न चाहनेहरूलाई थप अवसर दिएको छ।

बाह्रै महिना पर्यटकको चहलपहल हुने तुवाचुङ–जायजुममा सुरक्षित पदमार्ग बनेपछि यहाँको साकेला सिली र अन्य सांस्कृतिक गतिविधि अझ सहज र आकर्षक बनेको छ।

सम्बन्धित खबर

सुर्खेतको चौकुने गाउँपालिकाको १७ औं गाउँसभाको अधिवेशन सम्पन्न

सुर्खेतको चौकुने गाउँपालिकाको १७ औं गाउँसभाको अधिवेशन सम्पन्न

सुर्खेतको चौकुने गाउँपालिकाको १७ औं गाउँसभाको अधिवेशन पालिकाको सभा हलमा  सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष खडक बिवस वासपानेको अध्यक्षतामा सभा…
आज देशभरको मौसम

आज देशभरको मौसम

 हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी…
सिरहाका एक वडाध्यक्षले एक लाख भारूमा  भारतियलाई  दिलाए नागरिकता

सिरहाका एक वडाध्यक्षले एक लाख भारूमा  भारतियलाई  दिलाए नागरिकता

सिरहाका एक वडाध्यक्षले भारतीय नागरिकलाई गैरकानुनी रूपमा नेपाली नागरिकता दिलाएको खुलासा भएको छ। सिरहा क्षेत्र नम्बर २ का सांसद तथा सोही…

Leave a Reply

Your email address will not be published. Required fields are marked *