• माघ २७, २०८१
  • No Comment
  • 37

चौकुने गाउँपालिकामा HPV खोप जीवन ज्योति मा.बि. गुटुमा शुरू

पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध लगाईने एच.पि.भि. खोप सेवा अभियानकै रुपमा देश भर सुरु भएको छ । यसै विच चौकुने गाउँपालिकाको वडा नं ६ मा अवस्थित श्री जीवन ज्योति मा.बि. झकमकेमा शुरूवात भएको छ । चौकुने गाउँपालिका वडा न ६का वडा अध्यक्ष गोविन्द थापाको अध्यक्षतामा संचालन भएको खोप केन्द्र सञ्चालन कार्यक्रमका प्रमुख अतिथि चौकुने गाउँपालिका सामाजिक बिकास संयोजक तथा वडा न ८ का वडा अध्यक्ष कमल बहादुर जि सी र चौकुने स्वास्थ्य शाखा प्रमुख ईन्द्र बहादुर जैसुरी रहनु भएको थियो ।

प्रमुख अतिथिको आशन बाट बोल्दै कमल बहादुर जि सीले यो खोप बाट कोहि पनि किशोरी बञ्चित हुन नदिन सबैले लाग्नुपर्ने बताउनुभयो । यस खोप अभियानलाई सार्थक र भव्य रूपमा सफल पार्न वडा खोप समन्वय समिति, महिला स्वयंसेवी समूह, र विद्यालय शिक्षकहरूको महत्वपूर्ण भूमिका रहनेछ भन्दै यस खोप अभियानमा खटिने सम्पूर्णलाई हार्दिक धन्यवाद समेत ब्यक्त गर्नु भएको छ यस्तै कार्यक्रममा चौकुने गाउपालिकाका वडा न ६का वडा अध्यक्ष गोबिन्द थापाले बोल्दै एच.पि.भी.खोप अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिनु भएको छ ।

उहाले नेपाल सरकारले देशव्यापी रुपमा एच.पि.भी. खोप अभियान सञ्चालन गरिरहेकोले यो अभियानका लक्षित वर्गलाई नछुटाउन सम्पुर्ण क्षेत्रको महत्वपुर्ण भुमिका रहेकोले सबै बर्ग र समुदायले यो अभियानलाई सफल बनाउन आग्रह गर्नु भएको छ ।

कार्यक्रमको संचालन चौकुने गाउँपालिका जन स्वास्थ्य निरिक्षक जनक बिस्वकर्माले गर्नु भएको थियो । उक्त कार्यक्रममा जीवन ज्योति मा बि बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामलाल बयक , साल्म आधारभुत स्वास्थ्य केन्द्रका अ हे ब बिरेन्द्र बयक र कोईरालबास सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख पुरुषोत्तम थापा लगायत महिला स्वयम् सेविकाहरुको उपस्थित रहेको थियो ।

चौकुने गाउँपालिका भरी १३१८ जना किशोरी र पालिकाको केन्द्र वडा नं ६ मा आज पहिलो दिन १८३ जना किशोरी लाई HPV खोप लगाईने भएको छ ।

 

सम्बन्धित खबर

सुर्खेतको चौकुने गाउँपालिकाको १७ औं गाउँसभाको अधिवेशन सम्पन्न

सुर्खेतको चौकुने गाउँपालिकाको १७ औं गाउँसभाको अधिवेशन सम्पन्न

सुर्खेतको चौकुने गाउँपालिकाको १७ औं गाउँसभाको अधिवेशन पालिकाको सभा हलमा  सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष खडक बिवस वासपानेको अध्यक्षतामा सभा…
आज देशभरको मौसम

आज देशभरको मौसम

 हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी…
सिरहाका एक वडाध्यक्षले एक लाख भारूमा  भारतियलाई  दिलाए नागरिकता

सिरहाका एक वडाध्यक्षले एक लाख भारूमा  भारतियलाई  दिलाए नागरिकता

सिरहाका एक वडाध्यक्षले भारतीय नागरिकलाई गैरकानुनी रूपमा नेपाली नागरिकता दिलाएको खुलासा भएको छ। सिरहा क्षेत्र नम्बर २ का सांसद तथा सोही…

Leave a Reply

Your email address will not be published. Required fields are marked *