• माघ २७, २०८१
  • No Comment
  • 37

सेती दोभान बस दुर्घटना हुँदा २५ जना घाइते, दुईको अवस्था गम्भीर

नारायणगढ-मुग्लिन सडक खण्डको सेती दोभानमा आइतबार बिहान भएको बस दुर्घटनामा २५ जना घाइते भएका छन्। दुर्घटनामा परी घाइते भएकाहरूलाई उद्धार गरी चितवन मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ।

चितवन प्रहरीका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार, बसमा ३० जना यात्री सवार थिए। दुर्घटनामा परेका सबैको उद्धार भइसकेको छ। पाँच जना यात्री सकुशल छन् भने २५ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ, तर उनीहरू बोल्न थालेका छन्। १३ जनाको अवस्था सामान्य छ।

घाइतेमा १० महिला र १५ पुरुष रहेका छन्। दुर्घटनामा परेको बस नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३-००१ ख ००७७ नम्बरको थियो, जसले सेती दोभानमा सडकबाट खोल्सीमा खसेको थियो।

सम्बन्धित खबर

सुर्खेतको चौकुने गाउँपालिकाको १७ औं गाउँसभाको अधिवेशन सम्पन्न

सुर्खेतको चौकुने गाउँपालिकाको १७ औं गाउँसभाको अधिवेशन सम्पन्न

सुर्खेतको चौकुने गाउँपालिकाको १७ औं गाउँसभाको अधिवेशन पालिकाको सभा हलमा  सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष खडक बिवस वासपानेको अध्यक्षतामा सभा…
आज देशभरको मौसम

आज देशभरको मौसम

 हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी…
सिरहाका एक वडाध्यक्षले एक लाख भारूमा  भारतियलाई  दिलाए नागरिकता

सिरहाका एक वडाध्यक्षले एक लाख भारूमा  भारतियलाई  दिलाए नागरिकता

सिरहाका एक वडाध्यक्षले भारतीय नागरिकलाई गैरकानुनी रूपमा नेपाली नागरिकता दिलाएको खुलासा भएको छ। सिरहा क्षेत्र नम्बर २ का सांसद तथा सोही…

Leave a Reply

Your email address will not be published. Required fields are marked *