• माघ १३, २०८१
  • No Comment
  • 28

एक करोड धरौटीमा रविलाई छाड्न रुपन्देही अदालतको आदेश

सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले रास्वपा सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी मागेको छ । आइतबार थुनछेक बहस सकिएपछि न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलगायत २२ जनाविरुद्ध पूरक मुद्दा दायर भएको थियो । धरौटी बुझाएपछि लामिछाने रिहा हुनेछन् । त्यसो त अहिले पनि लामिछाने परिवारकै जिम्मामा थिए ।

लामिछानेसँग यसअघि पोखरास्थित सूर्यदर्शन सहकारी गठी प्रकरणमा ६५ लाख र काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६० लाख रुपैयाँ धरौटी मागिएको थियो । दुई अदालतमा धरौटी बुझाएर उनी रिहा भएका थिए । अब लामिछानेमाथि चितवन जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी छ ।

सम्बन्धित खबर

सुर्खेतको चौकुने गाउँपालिकाको १७ औं गाउँसभाको अधिवेशन सम्पन्न

सुर्खेतको चौकुने गाउँपालिकाको १७ औं गाउँसभाको अधिवेशन सम्पन्न

सुर्खेतको चौकुने गाउँपालिकाको १७ औं गाउँसभाको अधिवेशन पालिकाको सभा हलमा  सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष खडक बिवस वासपानेको अध्यक्षतामा सभा…
आज देशभरको मौसम

आज देशभरको मौसम

 हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी…
सिरहाका एक वडाध्यक्षले एक लाख भारूमा  भारतियलाई  दिलाए नागरिकता

सिरहाका एक वडाध्यक्षले एक लाख भारूमा  भारतियलाई  दिलाए नागरिकता

सिरहाका एक वडाध्यक्षले भारतीय नागरिकलाई गैरकानुनी रूपमा नेपाली नागरिकता दिलाएको खुलासा भएको छ। सिरहा क्षेत्र नम्बर २ का सांसद तथा सोही…

Leave a Reply

Your email address will not be published. Required fields are marked *