• माघ १३, २०८१
  • No Comment
  • 146

एक करोड धरौटीमा रविलाई छाड्न रुपन्देही अदालतको आदेश

सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले रास्वपा सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी मागेको छ । आइतबार थुनछेक बहस सकिएपछि न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलगायत २२ जनाविरुद्ध पूरक मुद्दा दायर भएको थियो । धरौटी बुझाएपछि लामिछाने रिहा हुनेछन् । त्यसो त अहिले पनि लामिछाने परिवारकै जिम्मामा थिए ।

लामिछानेसँग यसअघि पोखरास्थित सूर्यदर्शन सहकारी गठी प्रकरणमा ६५ लाख र काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६० लाख रुपैयाँ धरौटी मागिएको थियो । दुई अदालतमा धरौटी बुझाएर उनी रिहा भएका थिए । अब लामिछानेमाथि चितवन जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी छ ।

सम्बन्धित खबर

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये ७९ जना पुरुष र…
खाली पेटमा यी खानेकुरा नखानुहोस्

खाली पेटमा यी खानेकुरा नखानुहोस्

काठमाडौँ – बिहान उठ्ने बित्तिकै के खाने भन्ने कुराले दिनभरि शरीरको ऊर्जा, पाचन र एकाग्रतामा ठूलो प्रभाव पार्छ। रातभर उपवास बसेपछि…

Live-Score-Analyse: Mehr als nur Ergebnisse für den erfahrenen Zocker

Einleitung: Die Bedeutung von Live-Scores für Profis Für den erfahrenen Glücksspieler ist das Verständnis der Dynamik eines Spiels während des Geschehens…

Leave a Reply

Your email address will not be published. Required fields are marked *