• माघ ११, २०८१
  • No Comment
  • 38

राति सुत्दा भुलेर पनि नगर्नुस् यी गल्ती

मानिसहरु सुत्ने समयमा अनेक गल्ती गर्छन् जसले गर्दा विभिन्न रोग तथा समस्या समामना गर्नु पर्छ । खासगरी केही मानिस खाने वित्तिकै ओच्छ्यानमा पल्टिन्छन् । यो राम्रो बानी होइन । यहाँ सुत्ने समयमा गर्न नहुने ७ गल्तीको विषयमा चर्चा गरिएको छ ।

१ रातिमा खाना खाने वित्तिकै सुत्नु हुँदैन । यदि तपाइँ खाना खाने वित्तिकै सुत्ने गर्नु हुन्छ भने मोटो पनको समस्या हुन्छ । यसले पाचन प्रणालीमा समेत समस्या हुन्छ ।

२ खाने वित्तिकै सुत्दा शरीरमा इन्सुलिनको स्तर बढ्छ यसले पाचन प्रक्रियामा समस्या हुन्छ । सुत्नु भन्दा कमसेकम १–२ घण्टा अघि खानु राम्रो हुन्छ ।

३ फोनमा अलार्म लगाएर छेउँमा राख्ने वा ल्यापटप विस्तारामा छोडेर सुत्ने बानी छ भने आजै देखि छोड्नुस् । यस्तो लापरवाहीले तपाइँलाई स्वास्थ्यमा समस्या आउन सक्छ । मोबाइल र ल्यापटपबाट निस्कने इलेक्ट्रो म्याग्नेटिक किरणले कोर्टिजोल नामक हर्मोन बढेर स्ट्रेस बढाउँछ ।

४ शरीर फिट राख्ने भन्दै साँझमा भारी ब्यायाम गर्नु हुन्छ भने यसले पनि असर गर्छ । यसले निद्रामा प्रभाव पार्छ र शरीरमा मेलाटोनिन बढेर तनाव हुन्छ । निरन्तर यस्तो भो भने मोटोपन पनि बढ्छ ।

५ मुटुको समस्या छ र कार्डियो भास्कुलरर कसरत गर्नु पर्छ भने सुत्नु भन्दा कम्तिमा ३ घण्टा अघि गर्नुस् ।

६ टिभी हेर्दै नजिक बसेर खाना खाने बानी छ भने आजै छोड्नुस् । टिभीको नजिक भोजन नगर्नुस् । यसो गर्दा खाना धेरै खाइने र तनाव बढ्ने समस्या हुन्छ । सुत्नु अघि टिभी हेर्नु भन्दा कुनै संगीत सुन्नुस् ।

७ शोधकर्ताहरुका अनुसार हल्का उज्यालो अर्थात लाइट बालेर सुत्दा गहिरो निद्रा नआउने र मोटो पन बढ्ने बताउँछन् ।

सम्बन्धित खबर

आज तराई–मधेशमा होली पर्व , सार्वजनिक बिदा

आज तराई–मधेशमा होली पर्व , सार्वजनिक बिदा

रंगहरूको पर्व होली आज तराई–मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार…
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया…
पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित दर्ता गरेको छ। बिहीबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७…

Leave a Reply

Your email address will not be published. Required fields are marked *