• माघ ४, २०८१
  • No Comment
  • 22

खो–खो विश्वकप : विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

नेपाली महिला टोली भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर रंगशालामा खो–खो विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नेपालले आफ्नो समूहमा अपराजित रहँदै अन्तिम आठको स्थान पक्का गरेको हो ।

समूह ‘सी’का चारै खेलमा नेपाल विजयी भयो । समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई ८४–२४ ले हराउँदै नेपाल समूह विजेता बन्यो । समूह ‘सी’मा नेपाल, भुटान र जर्मनीसँगै बंगलादेश र श्रीलंका थिए ।

समूह विजेता बनेको नेपालले चार खेलबाट १२ अंक जोड्यो । नेपालसँग पराजित बंगलादेश पनि समूह उपविजेता हुँदै अन्तिम आठमा पुगेको छ । बंगलादेशले चार खेलबाट ९ अंक बनाएको छ । बंगलादेशविरुद्ध नेपालकी मानमती धामी उत्कृष्ट अट्याकर र दीपा विक उत्कृष्ट खेलाडी घोषित भएका छन्‌ ।

यसअघि नेपालले भुटानलाई ९३–२४ ले हराएको थियो । नेपालले दोस्रो खेलमा जर्मनीलाई ७३–३४ तथा तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले पराजित गर्‍यो । पहिलो खो–खो विश्वकपमै नेपालबाट महिला र पुरुष दुवै टोलीले सहभागिता जनाएका छन्‌ । यसअघि नेपालबाट प्रतिनिधित्व गरेको पुरुष टोली पनि क्वार्टरफाइनल प्रवेश गरेको छ ।

सम्बन्धित खबर

सुनचाँदीको मूल्य बुधबार पनि बढ्यो

सुनचाँदीको मूल्य बुधबार पनि बढ्यो

सुनको भाउ तोलामा २२ सय रुपैयाँ बढेको छ । बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ६६…
रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । लामिछानेको मुद्दा चितवन जिल्ला अदालतका न्यायाधीश…
चार राउण्ड हवाई फायर गरी २ जना भारतीय लागुऔषध कारोबारी पक्राउ

चार राउण्ड हवाई फायर गरी २ जना भारतीय लागुऔषध…

कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। गएराति भारतको बिहार राज्यको डिगल…

Leave a Reply

Your email address will not be published. Required fields are marked *