• माघ ३, २०८१
  • No Comment
  • 15

इजरायल र हमासबीच पूर्ण युद्धविराम लागू हुने सम्झौता

इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको छ । गएको १५ महिनादेखि भइरहेको युद्ध अन्त्य गर्नका लागि भएको सम्झौता आउँदो आइतवारदेखि लागू हुने बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजाबाट इजरायली सेना फिर्ता गर्ने र हमासले बन्दी बनाएका सबै बन्धकहरूलाई रिहा गर्ने सर्तसहित पूर्ण युद्धविराम सम्झौता भएको पुष्टि गर्नुभएको हो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले यस द्वन्द्वका पीडित र प्रभावितको ठूलो पीडा कम गर्नु पहिलो प्राथमिकता रहेको भन्दै प्यालेस्टाइनीहरूलाई थप सहायता सामग्री तथा सहयोग बढाउने बताउनुभएको खबरमा उल्लेख छ ।

हमासले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा झण्डै एक हजार दुई सय मानिसहरूको ज्यान गएको थियो । दुई सय ५१ जनालाई गाजामा बन्धक बनाएको थियो । ९४ जना अझै पनि हमासले बन्धक बनाएको छ जसमध्ये ३४ जनाको ज्यान गइसकेको अनुमान छ ।

गएको अक्टोबरमा हमासले गरेको आक्रमणको बदलामा इजरायलले गाजामा युद्ध शुरू गरेको थियो । यो युद्धमा अहिलेसम्म ४६ हजारभन्दा धेरै प्यालेस्टाइनीहरू मारिएका हमासले सञ्चालन गरेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

प्रधानमन्त्री ओलीले कीर्तिपुर क्रिकेट रंगशाला निर्माण तीव्रता ल्याउन निर्देशन

प्रधानमन्त्री ओलीले कीर्तिपुर क्रिकेट रंगशाला निर्माण तीव्रता ल्याउन निर्देशन

  प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको निर्माणलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन शहरी विकास मन्त्रालयलाई तीव्रताका साथ काम गर्न निर्देशन दिएका…
स्वास्थ्य चौकी गुटुमा एच.पि.भी खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्वास्थ्य चौकी गुटुमा एच.पि.भी खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्वास्थ्य चौकी गुटुमा एच.पि.भी खोप सम्बन्धी अभिमुखिकरण गुटु स्वास्थ्य चौकी को आयोजनामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप सम्बन्धी…
सुर्खेतमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई कामदार भेरी नदीमा बेपत्ता

सुर्खेतमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई कामदार भेरी नदीमा…

  सुर्खेतमा भोलुङ्गे पुल निर्माणमा संलग्न दुई जना कामदार भेरी नदीमा बेवत्ता भएका छन् । बुधबार जिल्लाको बराहताल गाउँपालिका–४ कुटास्थित भेरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *