• माघ २, २०८१
  • No Comment
  • 112

सुनसरीमा कार दुर्घटना:  न्यायाधीशसहित दुई जना घाइते

सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा सवारी दुर्घटना हुँदा उच्च अदालत पाटनका न्यायाधीशसहित दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मी र उनीसँगै कारमा सवार मोरङको विराटनगर–४ का ७६ वर्षीय कृष्ण खनाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए ।

घाइते न्याधीश रेग्मीको कान, हात, खुट्टा र मुखमा चोट लागेको प्रहरीले जनाएको छ । काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बीएबी ७१४६ नम्बरको कार अनियन्त्रित मंगलबार भई दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका दुवैको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…
चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती मन्दिर निर्माण कार्य सुरु

चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती…

सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–८ भट्टेसरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सरस्वती मन्दिर निर्माण कार्य सुरु गरिएको छ। लालझाडी…
ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभावबारे परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *