• माघ २, २०८१
  • No Comment
  • 167

आजको मौसमः सुदुरपश्चिममा हल्का बर्षा हुन सक्ने, अन्य भुभाग सफा रहने

हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको अवस्था छ।

दिउँसो देशभर आंशिक बदली देखि मूख्यतया सफा रहने छ । राती भने लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली देखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का बर्षाको संभाबना रहेको छ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको अवस्था रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित खबर

ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभावबारे परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको…
जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारकाे क्रममा मृत्यु

जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारकाे क्रममा मृत्यु

जुम्ला, २९ फागुन । जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी महिलाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ। तिला गाउँपालिका–३ की १८…
उपयोगी अंगुर : के-के पोषक तत्व पाइन्छ? के-के छन् अचुक फाइदाहरु ?

उपयोगी अंगुर : के-के पोषक तत्व पाइन्छ? के-के छन्…

 काठमाडौँ। अंगुर रसिलो मात्र नभई स्वास्थ्यका दृष्टिले अत्यन्त उपयोगी फल मानिन्छ। पोषक तत्वले भरिपूर्ण भएकाले यसले शरीरलाई ऊर्जा दिनुका साथै विभिन्न…

Leave a Reply

Your email address will not be published. Required fields are marked *