- पुस २६, २०८१
- No Comment
- 26
दुम्कीवासमा तुरुन्त यातायात सुचारु गराउन मन्त्री दाहालको निर्देशन
पूर्वी नवलपरासीको दुम्कीवासमा पुल भाँचिदा सवारी आवागमन बन्द भएका छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले तुरुन्त यातायात सुचारु गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
मन्त्री दाहालले सवारी आवागमन रोकिन नदिन सड्क विभागलाई समेत निर्देशन दिएका छन्। पुल भाँचिएको स्थानमा डाइभर्सन निर्माण गरेर अविलम्ब यातायात सञ्चालनमा ल्याउन उनले सबै निकायसँग समन्वय गर्न आदेश दिएका छन्।
साथै, यातायातमा बढिभार भएकाले सवारी साधनको चेकजाँच कडा बनाउनुपर्ने पनि मन्त्री दाहालको भनाइ छ। उनले अस्थायी व्यवस्था गरेर भएपनि उक्त स्थानमा सड्क खुलाउन निर्देशन दिए ।