- पुस २३, २०८१
- No Comment
- 26
आज विहान काठमाडौंमा भूकम्पको धक्का महसूस
काठमाडौं र आसपासको क्षेत्रमा मंगलबार बिहान भूकम्पको धक्का महसूस भएको छ ।
मंगलबार बिहान तिब्बतमा भूकम्प गएको हो। प्रारम्भिक विवरण अनुसार, बिहान ६ः५० बजे तिब्बतमा केन्द्रविन्दु भएर ७ म्याग्नेच्युडको भूकम्प गएको जनाइएको छ ।
तिब्बतमा केन्द्रविन्दु भए पनि यसको धक्का नेपालसँगै चीन, भारत र भूटानसम्म महसूस गरिएको छ । विहान भुकम्पको धक्का महसुस हुदाँ मानिसहरु घर बाहिर निस्किएका थिए थप विवरण आउन बाँकी छ ।