• पुस २१, २०८१
  • No Comment
  • 291

दैलेखमा एक हप्ताअघि घरबाट भागेका केटाकेटी जङ्गलमा मृत फेला

दैलेखमा एक हप्ता अघि घरबाट भागेका केटाकेटी मृत फेला परेका छन् । मृत भेटिनेमा भगवतीमाई गाउँपालिका–४, मन्घर टोलका १७ वर्षीया शर्मिला थापा र १७ वर्षकै मानसिंह विक रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख, डीएसपी सुनिल दाहालका अनुसार उनीहरू अघिल्लो शनिवार (पुष १३ गते) घरबाट भागेका थिए ।

घरभन्दा केही टाढा पर्ने जङ्गलमा शनिवार मृत अवस्थामा भेट्टिएको उनले जानकारी दिए । ‘दुईबिच प्रेम सम्बन्ध रहेको र घरबाट बिहे गर्न नदिएको होकि भन्ने प्रारम्भिक अनुमान गरिएको छ,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

उनीहरू उक्त वडामा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत थिए । थापा ९ र विक १० कक्षामा अध्ययनरत थिए ।
घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *