• पुस १६, २०८१
  • No Comment
  • 30

मोरङमा जङ्गली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा ५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । सुन्दरहरैँचा – ५ का वडाध्यक्ष गणेश चौधरीका अनुसार चन्द्रकला सोमवार घाँस दाउराका लागि जङ्गल जानु भएको थियो । साँझसम्म घर नआउनु भएकी चन्द्रकलालाई मङ्गलबार बिहान ६ बजेतिर स्थानीयले खोल्सीको किनारमा मृत अवस्थामा भेटेका थिए ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्ण खत्रीले लिम्बूको शव उठाएर पोस्टमार्टमका लागि अस्पताल पठाउन लागिएको बताए । यस अघि पुस ५ गते सोही नगरपालिकाको वडा नं. ७ कि ४० वर्षीय गङ्गामाया मगर( श्रेष्ठ)को हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

सम्बन्धित खबर

सुनचाँदीको मूल्य बुधबार पनि बढ्यो

सुनचाँदीको मूल्य बुधबार पनि बढ्यो

सुनको भाउ तोलामा २२ सय रुपैयाँ बढेको छ । बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ६६…
रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । लामिछानेको मुद्दा चितवन जिल्ला अदालतका न्यायाधीश…
चार राउण्ड हवाई फायर गरी २ जना भारतीय लागुऔषध कारोबारी पक्राउ

चार राउण्ड हवाई फायर गरी २ जना भारतीय लागुऔषध…

कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। गएराति भारतको बिहार राज्यको डिगल…

Leave a Reply

Your email address will not be published. Required fields are marked *