• पुस १३, २०८१
  • No Comment
  • 32

आजको मौसम : पश्चिमी वायुको प्रभाव, पहाडी भुभागमा वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । काठमाडौं उपत्यकाको आकाशमा आंशिक बादल लागेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थान लगायत कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै कर्णाली प्रदेश र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानका साथै गण्डकी प्रदेश र बागमती प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

सम्बन्धित खबर

सुनचाँदीको मूल्य बुधबार पनि बढ्यो

सुनचाँदीको मूल्य बुधबार पनि बढ्यो

सुनको भाउ तोलामा २२ सय रुपैयाँ बढेको छ । बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ६६…
रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । लामिछानेको मुद्दा चितवन जिल्ला अदालतका न्यायाधीश…
चार राउण्ड हवाई फायर गरी २ जना भारतीय लागुऔषध कारोबारी पक्राउ

चार राउण्ड हवाई फायर गरी २ जना भारतीय लागुऔषध…

कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। गएराति भारतको बिहार राज्यको डिगल…

Leave a Reply

Your email address will not be published. Required fields are marked *