• पुस ११, २०८१
  • No Comment
  • 52

जाजरकोट केन्द्रविन्दु भएर एकाबिहानै भूकम्प

जाजरकोट केन्द्रविन्दु भएर बिहीबार बिहानै भूकम्प गएको छ । जाजरकोटको नायकवाडा आसपास केन्द्र बनाएर बिहीबार बिहान ६ बजेर ३३ मिनेटमा ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महशुस गरिएको छ । यसअघि मंगलबार दार्चुला केन्द्रविन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो । गत वर्षको कात्तिकमा जाजरकोट नै केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पले ठूलो मात्रामा क्षति गराएको थियो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *