- पुस ४, २०८१
- No Comment
- 28
मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प
मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको छ ।
बिहीबार बिहान ७ः३७ बजे मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरूङले भूकम्प गएको तर त्यसले क्षति पुगेको भन्ने सूचना अहिलेसम्म कतैबाट नआएको जानकारी दिएका छन् । बुधबार बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो ।
बझाङलाई नै केन्द्रबिन्दु बनाएर मंगलबार दुई पटक भूकम्प गएको थियो ।