• मंसिर ३०, २०८१
  • No Comment
  • 122

काठमाडौंसंग विराटनगर एक विकेटले पराजय

नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई १ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरका त्रिवि मैदानमा आइतबार भएको रोमाञ्चक खेलमा यस अघि नै प्ले अफ होडबाट बाहिरिसकेको विराटनगर किङ्ग्समाथि एक विकेटको रोमाञ्चक जित दर्ता गर्दै प्ले अफ सम्भावना बलियो बनाएको हो ।

विराटनगर किंग्सले दिएको ११७ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ ओभर १ बलमा ९ विकेट गुमाएर पूरा गर्‍यो । काठमाडौंका प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । माइकल लेभिटले १०, जेरार्ड एरास्मर्सले १२, रसिद खानले १४, शंकर रानाले १६ र दीपेश कँडेलले ११ रनको योगदान दिए । बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । अनिल खरेल, बसिद अहमद र क्रिस सोलले दुईदुई विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभर ५ बलमा ११७ रनमा समेटिएको थियो । विराटनगरलाई सस्तोमा समेट्न काठमाडौंका जेरार्ड एरास्मसले विकेट लिए । दीपेश कंडेलले २, करण केसी, शाहव आलम र डान सौथवैटले एकएक विकेट लिए ।

ब्याटिङमा विराटनगरका राजेश पुलानीले सर्वाधिक २५ रन बनाए । २१ बलमा उनले १ चौका र १ छक्का प्रहार गरे । दीपक बोहराले २०, निकोलस किर्तोनले १२, स्कट एडवार्ड्सले १५, लोकेश बमले ८, बसिर अहमदले १३, इस्मत आलमले ५ र क्रीस सोलले १ रनको योगदान दिए । कप्तान सन्दीप लामिछाने र अनिल खरेल ० रनमा आउट हुदा सुभाष भण्डारी ५ रनमा अविजित रहे ।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *