• मंसिर १, २०८१
  • No Comment
  • 181

नेकपा एमाले चौकुने गाउँकमिटीको पार्टी कार्यलय उद्घाटन

दिलिप कडेल। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को चौकुने गाउँकमिटीको पार्टी कार्यालय उट्घाटन गरिएको छ । नेकपा एमाले चौकुने गाउँ कमिटीले आफ्नो पार्टी कार्यालय उट्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरेकाे छ ।

चौकुने गाउँपालिकाको वडा न ८ मिलन चौक नजिकै रहेको भवनमा नेकपा एमाले चौकुने गाउँ कमिटीका अध्यक्ष शंकर बि क को अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटीका उपाध्यक्ष मोहनसिंह बडुवाल ,जिल्ला कमिटी सचिवालय सदस्य गोपाल बि सी ,काशिराम देबकोटा ,निर्मला राना ,चौकुने गाउँपालिका वडा न ६ का वडा अध्यक्ष गोबिन्द थापा वडा न ५ का वडा अध्यक्ष तुलाराम हिस्की मगर, वडा न ७ का पुर्ब वडा अध्यक्ष तथा गाउँ कमिटीका उप- सचिब अमर बहादुर बि सी ,जिल्ला सल्लाहकार कमिटी सदस्य शिबराज धमला लगायतका नेता कार्यकर्ता हरुको उपस्थिति रहेको थियो।

नेकपा एमाले जिल्ला कमिटीका उपाध्यक्ष मोहनसिंह बडुवालले नयाँ कार्यालय भवन उद्धघाटन सम्बन्धमा पार्टीको निर्देशन अनुसार नै गरिएको बताउनुभएको छ साथै, उहाँले अब एमालेलाई चौकुनेमा एक नम्बर बनाउनुपर्ने भन्दै नेकपा एमाले पार्टीले गरेका राम्रा काम जनताको बीचसम्म पुर्याउन समेत निर्देशन दिनु भएको छ ।

चौकुने गाउँपालिकामा अब नेकपा एमाले एक नम्बर पार्टी हुने गरी संगठन निर्माणमा जुट्न सबै वडा कमिटीका अध्यक्षहरुलाई अनुरोध समेत गर्नु भएको छ ।नयाँ कार्यालयमा चियापान तथा शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

सम्बन्धित खबर

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…
सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ नयाँरोड नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आज (शुक्रवार) दिउँसो करिब साढे १…

Leave a Reply

Your email address will not be published. Required fields are marked *