• कार्तिक १२, २०८१
  • No Comment
  • 30

बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते

बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटना भएको हो । सात जना यात्रु सवार रहेको उक्त जीप तीव्र गतीका कारण सडकमै पल्टिएको हो । दुर्घटनामा घाइते हुनेहरुमा जीपका चालक तलकोट गाउँपालिका-१ का ५६ वर्षीय बीरबहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका-११ का १७ वर्षीय शङ्कर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा घाईते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिएका छन् । घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सप्तरीमा स्कोर्पियोको ठक्करबाट एकजनाको मृत्यु

सप्तरीमा स्कोर्पियोको ठक्करबाट एकजनाको मृत्यु

सप्तरीको बोदेबर्साईन नगरपालिका-१० खडकपुरस्थित स्कोर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा खडक नगरपालिका ७ कल्याणपुरका ३२ वर्षीय मोहम्मद…
बझाङमा भूकम्पको धक्का महसुस

बझाङमा भूकम्पको धक्का महसुस

बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ बजेर २ मिनेट…
सुस्तामा ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु

सुस्तामा ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु

नवलपरासी जिल्लाको सुस्तामा ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ । सुस्ता गाउँपालिका वडा नम्बर १ बरुवा स्थित भित्री सडक खण्डमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *