• कार्तिक १०, २०८१
  • No Comment
  • 40

ड्राइ फ्रुटलाई यसरी खाँदा हुन्छ स्वास्थ्यमा फाइदा

प्रायः जसो ड्राई फ्रुटहरु हामी उसै सेवन गर्छौँ । र कतिपय भने रातमा भिजाएर बिहान सेवन गर्ने गर्छौ । तर हामीलाई कुन ड्राइ फ्रुट भिजाएर खाँदा राम्रो र कुन उसै खाँदा स्वस्थवद्र्वक हुन्छ भन्ने विषयमा ज्ञान छैन । ड्राइ फ्रुट पोषक तत्वको भण्डार हो । यसमा विभिन्न खालका माइक्रोन्युट्रियन्ट्स र एन्टिअक्सिडेन्ट पाइन्छ ।

यसका साथै यसमा मिनरल्स र भिटामिन पनि भरपुर मात्रामा पाइन्छ । यसमा आइरन, भिटामिन बी १२, भिटामिन डी, भिटामिन इ जस्ता थुप्रै माइक्रोन्युट्रियन्ट्स हुन्छन् जसले शरीरलाई ऊर्जा दिन्छ र सधैँ स्फूर्त रहन सहयोग गर्छ ।

तपाईंले बिहान ड्राई फ्रुट खानुभयो भने दिनभरि ऊर्जावान् रहनुहुनेछ । तर ड्राइ फ्रुटलाई भिजाएर खाने कि सिधै खाने भन्ने धेरैको प्रश्न रहन्छ । त्यसैले आज हामी तपाईंलाई भिजाएको ड्राइ फ्रुट फाइदाजनक हो कि सुख्खा भन्ने बारे जानकारी दिँदैछौँ ।

ड्राई फ्रुटलाई पानीमा भिजाउँदा यसमा भएको फायटिक एसिडको तत्व कम हुन्छ । फायटिक एसिड पेटका लागि निकै हानिकारक छ । ड्राई फ्रुट्समा ओमेगा ग्री फ्याटी एसिडका साथै एसेन्सियल नेचुरल तत्व जस्तै आइरन, प्रोटिन, क्याल्सियम र जिंक पाइन्छ ।

यी तत्वलाई शरीरले त्यतिबेला अवशोषण गर्छ जब यो भिजेको अवस्थामा हुन्छ । अर्थात्, यदि बदाम भिजाइन्छ भने यसमा भएका पोषक तत्व बढी प्राप्त गर्न सकिन्छ । यस्तै, भिजाएको बदाममा फायटिक एसिड हुँदैन । यो फायटिक एसिड अपचको कारण बन्न सक्छ ।

त्यसैले भिजाएको बदामले पाचन प्रणालीलाई बलियो बनाउँछ । यसका साथै भिजाएको बदाममा टेनिन पनि हुँदैन । यसले गर्दा बदामको स्वाद पनि बढ्छ । यसकारण यी ड्राइ फ्रुटलाई भिजाएर खाँदा बढी फाइदाजनक हुन्छ ।

ओखर

ओखरलाई पनि भिजाएर खानुपर्छ । ओखरमा विभिन्न खालका फ्याटी एसिड, प्रोटिन र विभिन्न खालका मिनरल्स् पाइन्छन् । तौल घटाउनका लागि ओखरको सेवन निकै फाइदाजनक हुन्छ । यसलाई दूध पा सफा पानीमा भिजाएर खानुपर्छ ।

किसमिस

किसमिस नरम हुन्छ तरपनि यसलाई भिजाएर खाँदा बढी फाइदाजनक हुन्छ । किसमिसको प्रभाव तातो हुन्छ त्यसैले यसलाई भिजाएर खाँदा यसको गर्मीको असर कम हुन्छ । यस्तै भिजाएको किसमिस पेटका लागि पनि निकै फाइदाजनक हुन्छ ।

बदाम

टाइम्स अफ इन्डियाको खबर अनुसार बदामलाई ६ देखि ८ घण्टा भिजाएपछि मात्रै खानुपर्छ । यसो गर्दा बदाममा भएका सबै शक्ति शरीर भित्र प्रवेश गर्नेछ । बदाममा भिटामिन इ, एन्टिअक्सिडेन्ट्स र एसेन्सियल ओयल भरपुर मात्रामा पाइन्छ । पानीमा भिजाएपछि यसको फायटिक एसिड गायब हुन्छ । यो मुटुका लागि निकै स्वस्थ हुन्छ ।

खजुर

खजुर यसै पनि चिपचिपे हुन्छ त्यसैले धेरैले यसलाई यत्तिकै खान्छन् तर यदि तपाईं यसलाई दूध वा पानीमा भिजाएर खानुहुन्छ भने यसले शरीरलाई थुप्रै गुणा फाइदा प्रदान गर्छ । खजुरमा अर्गानिक सल्फर पाइन्छ जसले मौसमी फ्लुलाई कम गर्छ । यसका साथै यसले मुटु रोग र नसा सम्बन्धी रोगमा निकै फाइदा दिन्छ ।

 

सम्बन्धित खबर

सुर्खेतमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई कामदार भेरी नदीमा बेपत्ता

सुर्खेतमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई कामदार भेरी नदीमा…

  सुर्खेतमा भोलुङ्गे पुल निर्माणमा संलग्न दुई जना कामदार भेरी नदीमा बेवत्ता भएका छन् । बुधबार जिल्लाको बराहताल गाउँपालिका–४ कुटास्थित भेरी…
टस जितेर नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

टस जितेर नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

महिला त्रिकोणात्मक टी–२० सिरिजको पाँचौँ खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ७ ओभरको खेल सकिँदा…
सुनचाँदीको मूल्य बुधबार पनि बढ्यो

सुनचाँदीको मूल्य बुधबार पनि बढ्यो

सुनको भाउ तोलामा २२ सय रुपैयाँ बढेको छ । बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ६६…

Leave a Reply

Your email address will not be published. Required fields are marked *