• जेष्ठ २३, २०८३
  • No Comment
  • 8

जाजरकोटको बारेकोट गाउँपालिकामा आर्थिक अनियमितताको आशंका : भ्रमणका नाममा २४ लाख भुक्तानी !

जाजरकोटको बारेकोट गाउँपालिका मा आर्थिक अनुशासन र सुशासनमाथि गम्भीर प्रश्न उठ्ने गरी विभिन्न शीर्षकमा खर्च गरिएको विवरण सार्वजनिक भएपछि स्थानीयवासी तथा सरोकारवालाहरूले छानबिनको माग गरेका छन्।

प्राप्त विवरणअनुसार गाउँपालिकाले स्पष्ट उद्देश्य, कार्ययोजना र प्रतिवेदन नै नबनाई भ्रमण तथा अनुगमन शीर्षकमा करिब २४ लाख रुपैयाँ भुक्तानी गरेको देखिएको छ। सार्वजनिक रकम खर्च गर्दा भ्रमणको उपलब्धि, प्रतिवेदन र औचित्य अनिवार्य मानिने भए पनि त्यसको पर्याप्त आधार नदेखिएको भन्दै प्रश्न उठेको हो।

त्यति मात्र होइन, कर्मचारीहरू कार्यालयमै कार्यरत रहेको अवस्थामा समेत खलंगा लगायतका स्थानको भ्रमण भत्ता बुझिएको तथ्य बाहिरिएपछि खर्चको पारदर्शितामाथि थप शंका पैदा भएको छ। स्थानीयले यसलाई “कागजमा मात्रै भएको भ्रमण” भएको आरोप लगाएका छन्।

यस्तै, लागत अनुमान तथा आवश्यक प्राविधिक प्रक्रिया नै पूरा नगरी सवारी साधन मर्मत शीर्षकमा झण्डै १२ लाख रुपैयाँ खर्च गरिएको विवरणले आर्थिक प्रशासनको कमजोरी उजागर गरेको छ। सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार आवश्यक प्रक्रिया अपनाइएको थियो वा थिएन भन्ने विषयमा समेत प्रश्न उठेको छ।

अर्कोतर्फ, चैत्र महिनामै वितरण गरिनुपर्ने पोशाक भत्ता असार महिनामा वितरण गरिएको पाइएको छ। यसले वित्तीय अनुशासन र बजेट व्यवस्थापनको अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरिएको छ।

सबैभन्दा चासोको विषय भनेको स्वीकृत संगठन संरचना र दरबन्दी बिना ४८ जना करार कर्मचारी भर्ना गरिएको तथ्य हो। आवश्यक कानुनी आधार र प्रक्रिया पूरा नगरी गरिएको भनिएको यो नियुक्तिले गाउँपालिकामा कर्मचारी व्यवस्थापन र वित्तीय उत्तरदायित्वबारे थप प्रश्न खडा गरेको छ।

सम्बन्धित खबर

युवालाई सीप र रोजगारीतर्फ उन्मुख गर्न चौकुनेमा ३० दिने ड्राइभिङ तालिम सञ्चालन

युवालाई सीप र रोजगारीतर्फ उन्मुख गर्न चौकुनेमा ३० दिने…

सुर्खेत। चौकुने गाउँपालिका र कर्णाली प्रदेश उद्योग तथा उपभोक्ता संरक्षण निर्देशनालयको संयुक्त आयोजनामा चौकुनेमा ३० दिने ड्राइभिङ तालिम सञ्चालन गरिएको छ।…
चौकुने गाउँपालिका वडा न २ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिका वडा न २ को सार्वजनिक सुनुवाई कार्यक्रम…

सुर्खेत। चौकुने गाउँपालिका वडा न २ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा न २ को सु–शासन, पारदर्शिता र…
चौकुने गाउँपालिका वडा न १ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिका वडा न १ को सार्वजनिक सुनुवाई कार्यक्रम…

सुर्खेत।  चौकुने गाउँपालिका वडा न १ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा न १ को सु–शासन, पारदर्शिता र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *