- जेष्ठ १३, २०८३
- No Comment
- 3
कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्का यस्ता छन ६ निर्णय

कर्णाली प्रदेश सरकार ले बुधवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार बैठकले विभिन्न कानुनी, प्रशासनिक तथा नीतिगत विषयमा महत्वपूर्ण निर्णय गरेको हो।
बैठकले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान को कार्यकारी निर्देशक पदमा प्रदेश सचिव लक्ष्मीकुमार विकलाई कामकाजमा खटाउने निर्णय गरेको छ।
त्यसैगरी, बैठकले कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (चौथो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै, कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८३ लाई पनि स्वीकृति प्रदान गरिएको छ।
मन्त्रिपरिषद्ले योगदानमा आधारित निवृत्तिभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक तर्जुमाको अवधारणापत्रमाथि सैद्धान्तिक स्वीकृति दिएको छ। यस्तै, कर्णाली प्रदेश सरकारको सामयिक राजस्व उठाउने सम्बन्धी विधेयक तर्जुमा अवधारणापत्रलाई पनि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको जनाइएको छ।
बैठकले कर्णाली प्रदेश विनियोजन ऐन, २०८२ कार्यान्वयनका क्रममा देखिएको बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने निर्णय समेत गरेको प्रवक्ता शाहले जानकारी दिएका छन्।



