• चैत्र २७, २०८२
  • No Comment
  • 52

१५ वर्षसम्म खानी ओगटेको भन्दै चौकुने गाउँपालिकाद्वारा मुक्तिश्रीसँगको सम्झौता रद्द गर्न पत्राचार

सुर्खेतको चौकुने गाउँपालिकाले डेढ दशकदेखि अनुमति पत्र लिएर पनि उद्योग सञ्चालन नगर्ने मुक्तिश्री प्रा.लि. सँगको सम्झौता रद्द गर्न माग गरेको छ। गाउँपालिकाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै चौकुने सिमेन्ट उद्योगको वर्तमान ठेक्का खारेज गरी नयाँ प्रक्रियाबाट उद्योग सञ्चालनको पहल गरिदिन अनुरोध गरेको हो।

गाउँपालिकाका अध्यक्ष खड्क वि.क. (विवश) द्वारा मन्त्रालयलाई पठाइएको पत्रमा चौकुने गाउँपालिका वडा नं. ६ मा रहेको सो खानी मुक्तिश्री प्रा.लि. ले विगत १५ वर्षदेखि ओगटेर मात्र राखेको उल्लेख छ। “विगत डेढ दशकदेखि उद्योग सञ्चालन नगरी खानी ओगटेर मात्रै बसेको हुँदा उक्त ठेक्का रद्द गरी नयाँ ठेक्का प्रक्रियाबाट उद्योग सञ्चालन गरिदिनुहुन सिफारिसका साथ अनुरोध छ,” पत्रमा भनिएको छ।

उक्त पत्र प्राप्त भएपछि मन्त्रालयले समेत यस विषयलाई गम्भीरतापूर्वक लिँदै उद्योग विभाग र खानी तथा भूगर्भ विभागलाई आवश्यक कारबाहीका लागि निर्देशन दिइसकेको छ।

कर्णाली प्रदेशको विकासमा ठुलो योगदान पुर्‍याउने अपेक्षा गरिएको यो आयोजना लामो समयसम्म अलपत्र परेपछि स्थानीय सरकारले कडा कदम चालेको हो। यदि मन्त्रालयले नयाँ ठेक्का प्रक्रिया सुरु गरेमा यस क्षेत्रमा औद्योगिक गतिविधि बढ्ने र स्थानीयले रोजगारी पाउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *