• माघ २७, २०८२
  • No Comment
  • 48

अस्ट्रेलियामा कारको ठक्करबाट सुनसरीकी हिमालीको मृत्यु

सुनसरी — अस्ट्रेलियामा अनियन्त्रित कार घरभित्र पस्दा सुतिरहेकी एक नेपाली महिलाको ज्यान गएको छ। दुर्घटनामा सुनसरीकी विष्णुकुमारी गुरुङ (हिमाली) को मृत्यु भएको हो।

घटना शुक्रबार राति पश्चिमी अस्ट्रेलियाको पर्थस्थित रिभरभेल क्षेत्रमा भएको हो। छोरीको घरमा सुतिरहेकी ५३ वर्षीया गुरुङ घरभित्रै कार ठोक्किँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

परिवारका अनुसार उनी तीन दिनअघि मात्र नेपालबाट अस्ट्रेलिया पुगेकी थिइन्। सुनसरीको इनरुवा नगरपालिका–३, गुरुङ टोल स्थायी घर भएकी गुरुङ ‘हिमाली’ नामले समेत परिचित थिइन्।

प्रहरीका अनुसार पहेँलो रंगको फोर्ड फल्कन सेडान एलेक्जान्डर रोड हुँदै गइरहेको बेला नियन्त्रण गुमाएर राति करिब ११:४० बजे सडक छाड्दै युनिट (घर) भित्र ठोक्किएको थियो। दुर्घटनापछि आपतकालीन सेवाले तत्काल उद्धार प्रयास गरे पनि गुरुङको ज्यान बचाउन नसकिएको जनाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको अस्ट्रेलियाली प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२ लाख लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन, ३ जनालाई रोजगारी

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२…

सुर्खेत । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ दुलालथाईस्थित औद्योगिक क्षेत्रभित्र एक युवा उद्यमीले आफ्नै लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन गरी स्थानीय स्तरमै उत्पादन…
चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

सुर्खेत।  अन्तर निर्भर समाज सुर्खेतका एकेन्द्र प्रसाद देवकोटाले चौकुने गाउँपालिका–८ का संयुक्त समाज सुधार युवाहरुलाई कमल जि सी को प्रमुख अतिथिमा…
मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *