- माघ १२, २०८२
- No Comment
- 14
दैलेखमा बँदेलको आक्रमणबाट एकको मृत्यु, दुई जना घाइते
दैलेख — दैलेख जिल्लाको भैरवी गाउँपालिका– ६ मा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
स्थानीय ७७ वर्षिय प्रदीप सिंहमाथि बँदेलले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकाे छ।
आक्रमणमा भैरबी गाउँपालिका–६ का दीप बहादुर सिजाली र निकेश सिजाली घाइते भएका छन्। घाइते दुवैजनालाई उपचारका लागि नजिकको अस्पतालमा लगिएको छ।
स्थानीयवासीहरूका अनुसार पछिल्लो समय जंगली जनावरको आतंक बढ्दै गएको छ र यसअघि पनि यस्ता घटनाहरू दोहोरिँदै आएका छन्।