नेपाली भान्सामा लोकप्रिय तरकारीमध्ये एक हो भिन्डी (लेडीफिङ्गर)। स्वादिलो मात्र होइन, पोषण तत्वले भरिपूर्ण भएकाले भिन्डीको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ। तर केही यस्ता गल्ती छन्, जुन तपाईंले भिन्डी खाँदा गर्नु भएन, अन्यथा यसले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।
पोषण तत्वले भरिपूर्ण तरकारी
भिन्डीमा भिटामिन सी, भिटामिन बी, फोलेट, म्याग्नेसियमलगायतका महत्वपूर्ण तत्वहरू पाइन्छन्। यसले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्नुका साथै पाचन प्रणाली सुदृढ बनाउँछ। कोलेस्ट्रोल घटाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन र आँखाको दृष्टि सुधार गर्न समेत भिन्डी उपयोगी मानिन्छ। विशेषगरी मधुमेहका बिरामीहरूका लागि यो अमृतसरूप हुन्छ।
तर यस्ता ५ गल्ती नगर्नुहोस्:
१. दूधसँग भिन्डी नखानुहोस् भिन्डी र दूध दुवैमा क्याल्सियम हुन्छ, तर भिन्डीमा अक्सालेट नामक पदार्थ पनि हुन्छ, जसले मिलेर मृगौलामा पत्थरीको सम्भावना बढाउँछ।
२. करेलासँग भिन्डी नखानुहोस् करेलामा चिसो प्रकृति हुने र भिन्डी पनि पेटलाई गाह्रो बनाउने भएकाले दुवै सँगै खाँदा अपच वा पेट फुल्ने समस्या आउन सक्छ।
३. चिया पिएर भिन्डी नखानुहोस् भिन्डी खाइसकेपछि वा खाँदाखाँदै चिया पिउँदा शरीरले आवश्यक पोषक तत्वहरू राम्ररी अवशोषण गर्न सक्दैन।
४. मूला र भिन्डी सँगै नखानुहोस् मूलामा पाइने सल्फरले पेटमा ग्याँस बनाउँछ। भिन्डीसँग सँगै खाँदा ग्यासको समस्या बढ्न सक्छ।
५. मासु र भिन्डी सँगै नखानुहोस् दुवै गाह्रो पच्ने परिकार हुन्। एकैपटक खाँदा पाचन प्रणालीमा बोझ पर्न सक्छ, जसले गर्दा पेट फुल्ने, ग्यास तथा अपच हुन सक्छ।
भिन्डी स्वास्थ्यका लागि लाभदायक भए पनि यसलाई केही खानेकुरासँग मिसाएर खाँदा असर उल्टो पर्न सक्छ। तसर्थ, यी सावधानी अपनाई भिन्डीको फाइदा लिऔं र स्वास्थ्यलाई सुरक्षित राखौँ।
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि Pakistan Cricket Board (पीसीबी) ले राष्ट्रिय टोलीका सबै खेलाडीलाई जनही ५०…