• असार २३, २०८२
  • No Comment
  • 199

नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्ने

 नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आगामी सेप्टेम्बरमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार यी खेलहरू भदौ २१ र २४ गते दशरथ रंगशालामा आयोजना गरिनेछ। एन्फाले आगामी एएफसी एसियन कप छनोटको तयारी स्वरूप बंगलादेशसँगको खेल तय गरिएको जनाएको छ।

एसियन कप छनोटमा नेपाल समूह एफ मा रहेको छ, जहाँ मलेसिया, लाओस र भियतनाम पनि छन्।नेपालले छनोटअन्तर्गत अक्टोबर ९ मा भियतनामविरुद्ध अवे खेल खेल्नेछ। त्यसको तयारीस्वरूप बंगलादेशविरुद्धको यी मैत्रीपूर्ण खेल नेपाली टिमका लागि निकै महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

कर्णालीमा समानुपातिकतर्फ पनि कांग्रेस पहिलो

कर्णालीमा समानुपातिकतर्फ पनि कांग्रेस पहिलो

सुर्खेत — प्रतिनिधिसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ पाँच सिट जितेर पहिलो बनेको नेपाली कांग्रेस समानुपातिकतर्फ पनि पहिलो स्थानमा रहेको छ।…
कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर

कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादव भ्रष्टाचार मुद्दामा दोषी…

काठमाडौँ — डिभिजन वन कार्यालय धनगढीमा कार्यरत वरिष्ठ वन अधिकृत पूर्णशंकर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालत ले…
मौसम पूर्वानुमानः आज देशभर पानी पर्ने सम्भावना

मौसम पूर्वानुमानः आज देशभर पानी पर्ने सम्भावना

काठमाडौं – आज देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *