सुर्खेत — प्रतिनिधिसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ पाँच सिट जितेर पहिलो बनेको नेपाली कांग्रेस समानुपातिकतर्फ पनि पहिलो स्थानमा रहेको छ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार कांग्रेसले समानुपातिकतर्फ कुल १ लाख ४१ हजार २ सय ३३ मत प्राप्त गरेको छ।
त्यस्तै प्रत्यक्षतर्फ एक स्थानमा विजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ १ लाख ३३ हजार ७ सय ४० मतसहित दोस्रो स्थानमा रहेको छ।
कार्यालयका अनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १ लाख २० हजार ८ सय ६३ मत प्राप्त गरेको छ भने नेपाल कम्युनिस्ट पार्टी ले १ लाख ७ हजार १ सय १ मत पाएको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ले १५ हजार ७ सय ५५ मत प्राप्त गरेको छ।
अन्य दलमध्ये प्रगतिशील लोकतान्त्रिक पार्टी ले ८ हजार ५ सय ३७, नेपाल मजदुर किसान पार्टी ले ५ हजार १ सय ३० र श्रम संस्कृति पार्टी ले ४ हजार ६ सय ७५ मत प्राप्त गरेका छन्।
मत परिणामअनुसार कांग्रेसले सबैभन्दा बढी मत सुर्खेत मा ३७ हजार ७ सय ४३ प्राप्त गरेको छ भने सबैभन्दा कम मत डोल्पा मा २ हजार ५ सय ९५ प्राप्त गरेको छ। त्यस्तै रास्वपाले सबैभन्दा बढी मत सुर्खेतमा ५४ हजार २ सय २६ र सबैभन्दा कम हुम्ला मा २ हजार ३५ मत प्राप्त गरेको छ।
प्रत्यक्षतर्फ कांग्रेसले दैलेख–१, सुर्खेत–२, जाजरकोट, हुम्ला र मुगु मा जित हासिल गरेको थियो। भने रास्वपा सुर्खेत–२ मा विजयी भएको थियो।