• फाल्गुन ५, २०८१
  • No Comment
  • 19

हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा भीषण आगलागी, तीन घर जले

धार्मिकस्थल हलेसी बजारमा भएको आगलागी करिब चार घण्टापछि नियन्त्रणमा आएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठामा रहेको ग्यास सिलिन्डर लिक भएर सोमबार साँझ ६ बजेतिर सुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११ बजे निभाइएको हो।

आगलागीका कारण पदम राईको घर तथा घरमै सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ। यद्यपि, घटनामा कुनै मानवीय क्षति नभएको स्थानीयवासीले बताएका छन्। आगलागीबाट करिब एक करोडभन्दा बढीको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ।

इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईका अनुसार आगलागीबाट दुईवटा घर पूर्ण रूपमा जलेका छन् भने एउटा घर आंशिक रूपमा क्षतिग्रस्त भएको छ। साथै, हार्डवेयर तथा ग्यास पसलमा समेत क्षति पुगेको छ। आगलागीबाट भएको सम्पूर्ण क्षतिको विवरण सङ्कलन कार्य जारी रहेको उनले बताए।

स्थानीय सयन्द्र राईका अनुसार ग्यास सिलिन्डर लिक भएर आगो लागेपछि तत्कालै नियन्त्रण गर्न नसक्दा क्षतिको मात्रा बढेको हो। हलेसीमा दमकलको सुविधा नभएकाले आगो निभाउन कठिनाइ भएको थियो। आगो नियन्त्रण गर्न जिल्ला सदरमुकामबाट तीनवटै सुरक्षा निकायका टोली हलेसी पठाइएको थियो।

सुक्खा मौसमका कारण आगो नियन्त्रणमा लिन थप समस्या भएको प्रहरी निरीक्षक राईले जानकारी दिए। उनले आगलागीका कारण भएको क्षतिको विस्तृत विवरण संकलनपछि थप जानकारी गराइने बताए।

स्थानीय प्रशासनले आगलागी पीडितलाई आवश्यक राहत प्रदान गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ।

सम्बन्धित खबर

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

काठमाडौं – आज रातिदेखि आइतबार साँझसम्म देशका विभिन्न ठाउँमा मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिमाली क्षेत्रका…
वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

पर्साको वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि हेलमेट र रड प्रहार भएको छ। कुटपिटमा संलग्न रहेको भन्दै उनले प्रहरीसहित ७ जनाविरुद्ध…
कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा डिजिटल प्रविधि सञ्चालनमा

कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा…

सुर्खेत, चैत ८ – कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबई नाकामा सवारी साधनको स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधि जडान गरिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *