• फाल्गुन ५, २०८१
  • No Comment
  • 103

हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा भीषण आगलागी, तीन घर जले

धार्मिकस्थल हलेसी बजारमा भएको आगलागी करिब चार घण्टापछि नियन्त्रणमा आएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठामा रहेको ग्यास सिलिन्डर लिक भएर सोमबार साँझ ६ बजेतिर सुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११ बजे निभाइएको हो।

आगलागीका कारण पदम राईको घर तथा घरमै सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ। यद्यपि, घटनामा कुनै मानवीय क्षति नभएको स्थानीयवासीले बताएका छन्। आगलागीबाट करिब एक करोडभन्दा बढीको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ।

इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईका अनुसार आगलागीबाट दुईवटा घर पूर्ण रूपमा जलेका छन् भने एउटा घर आंशिक रूपमा क्षतिग्रस्त भएको छ। साथै, हार्डवेयर तथा ग्यास पसलमा समेत क्षति पुगेको छ। आगलागीबाट भएको सम्पूर्ण क्षतिको विवरण सङ्कलन कार्य जारी रहेको उनले बताए।

स्थानीय सयन्द्र राईका अनुसार ग्यास सिलिन्डर लिक भएर आगो लागेपछि तत्कालै नियन्त्रण गर्न नसक्दा क्षतिको मात्रा बढेको हो। हलेसीमा दमकलको सुविधा नभएकाले आगो निभाउन कठिनाइ भएको थियो। आगो नियन्त्रण गर्न जिल्ला सदरमुकामबाट तीनवटै सुरक्षा निकायका टोली हलेसी पठाइएको थियो।

सुक्खा मौसमका कारण आगो नियन्त्रणमा लिन थप समस्या भएको प्रहरी निरीक्षक राईले जानकारी दिए। उनले आगलागीका कारण भएको क्षतिको विस्तृत विवरण संकलनपछि थप जानकारी गराइने बताए।

स्थानीय प्रशासनले आगलागी पीडितलाई आवश्यक राहत प्रदान गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ।

सम्बन्धित खबर

Inoffizieller mitarbeiter Verde Casino nv casino Via 25 Euro…

Content Unser Besten Alternativen Zum 50 Euroletten Spielsaal Prämie Bloß Einzahlung | nv casino Spartacus Gladiator Of Rome Besorgen Die leser…
पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…

450 Welkomstbonus + 250 Gratis Spins

Ons uitgebreide loyaliteitssysteem is ontworpen om tastbare voordelen te bieden die je speelervaring verbeteren naarmate je door de rangen klimt. Blijf…

Leave a Reply

Your email address will not be published. Required fields are marked *