• माघ २६, २०८१
  • No Comment
  • 153

१० दिनको खोजी पछि: बालक अंश चौधरी मृत भेटिए

बाराको जितपुरबाट माघ १७ गतेदेखि हराएका तीन वर्षीय बालक अंश चौधरी शनिबार दिउँसो मृत अवस्थामा भेटिएका छन्। उनी जितपुरसिमरा उपमहानगरपालिका-७ र वीरगन्ज महानगरपालिका-३२ को बीचमा रहेको टेडा रोडको किया सोती खोलामा मृत अवस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक सुभद्रा लामा वाइबाको नेतृत्वमा रहेको प्रहरी टोली र सरसफाईकर्मीले बिहानदेखि किया सोती खोलाको पानी घटाएर फोहोर पन्छाउँदै खोजी गरेको थियो । खोजी गर्दै जाँदा बालक घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन्। पानीमा डुबेको अवस्थामा शव फेला परेको हो। मृत्युको कारण भने शल्यपरीक्षणपछि मात्र खुल्ने प्रहरीको भनाइ छ ।

बालकको शव परीक्षणका लागि कलैया अस्पताल पठाइएको छ । प्रहरी नायब उपरीक्षक वाइबाले शल्यपरीक्षण रिपोर्टबाट बालकको मृत्युको कारण थाहा पाइने जानकारी दिएकी छन् ।

१० दिनअघि हराएका अंशलाई सीसीटीभी फुटेजमा सोही क्षेत्रको वरपर हिँडिरहेको देखिएको थियो। पछि, प्रहरीले खोलामा डुबेर मृत्यु भएको आशंका गर्दै खोजीलाई तीव्र बनाएको थियो। घटनाको जानकारी पाएपछि, स्थानीय प्रहरी टोलीले तालिमप्राप्त कुकुरको मद्दतले पनि बालकको खोजी गरेका थिए ।

बालकको परिवार दुर्गाभगवती गाउँपालिका-१, रौतहटका रितेश र अञ्जली चौधरी हुन् । अञ्जलीले चिसो मौसमको कारणले आफ्ना दुई बच्चालाई एकैसाथ स्याहार गर्न गाह्रो भएपछि अंशलाई मामाघर पठाएकी थिइन् । अंश डेढ महिनादेखि मामाघरमै बस्दै थिए र हजुरआमाले स्याहार गरिरहनु भएको थियो ।

घटनाका दिन अंश घरको आँगनमा खेलिरहेका थिए, भने हजुरआमा घरको काम समेत गरिरहेकी थिइन् । त्यसैबेला आँगनबाट बेपत्ता भएका अंश केही समयमा बजार क्षेत्रको सीसीटीभी क्यामरामा एक्लै दौडिरहेको अवस्थामा कैद भएका थिए ।

घरवरपरको क्षेत्रमा खोजी गर्दा नभेटिएपछि परिवारले प्रहरीलाई जानकारी गराएका थिए । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सिमरा, जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय जितपुर, प्रहरी चौकी पथलैयाको प्रहरी टोलीले बालकको खोजी गरिरहेको थियो ।

सम्बन्धित खबर

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाद्वारा बाँदर नियन्त्रणका लागि ४५ लाख बजेट विनियोजन, ‘बाली हेरालु’ राखिने

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाद्वारा बाँदर नियन्त्रणका लागि ४५ लाख…

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदरको आतंकबाट कृषि बाली जोगाउन विशेष बजेटको व्यवस्था गरेको छ। नगरपालिकाको १५औँ नगर सभाबाट पारित आगामी…
कतै वर्षा र चट्याङ्गको त्रास, कतै लुको कहर: कस्तो रहनेछ आजको मौसम?

कतै वर्षा र चट्याङ्गको त्रास, कतै लुको कहर: कस्तो…

काठमाडौँ ।  देशको पूर्वी र मध्य भूभागमा मनसुनी वायुले आफ्नो प्रभाव जमाइरहेको बेला पश्चिमी क्षेत्रमा भने पश्चिमी र स्थानीय वायुको आंशिक…
विश्वकपमा रोनाल्डो पुरानै लयमा फर्किए: आलोचकहरूलाई गोलबाटै जवाफ

विश्वकपमा रोनाल्डो पुरानै लयमा फर्किए: आलोचकहरूलाई गोलबाटै जवाफ

पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले २०२६ फिफा विश्वकपमा उज्बेकिस्तानविरुद्ध दुई गोल गर्दै आलोचकहरूलाई बलियो जवाफ दिएका छन्। उनको उत्कृष्ट प्रदर्शनको मद्दतले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *