• माघ १६, २०८१
  • No Comment
  • 58

अछाममा २ किशोरी मृत्यु प्रकरण : कर्तव्य ज्यानमा मुद्धा दर्ता गरेर अनुसन्धान हुँदै

अछाममा शुक्रवार २ किशोरी मृत फेला परेपछि प्रहरीले कर्तव्य ज्यानमा मुद्‍दा दर्ता गरेर अनुसन्धान थालेको छ।

जिल्लाको ढकारी गाउँपालिका–१ को जङ्गलमा १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्का मृत फेला परेपछि प्रहरीले अनुसन्धान गर्दै छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको टोली अनुसन्धानका लागि अछाम पुगेको छ नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यले मङ्गलवार २ जना विरुद्धमा मुद्‍दा दर्ता गरेको बताए। उनले भने, ‘केही व्यक्तिहरू पक्राउ परेका छन्। थप अनुसन्धानको कार्य भइरहेको छ। अनुसन्धान पूरा भएको छैन। अनुसन्धानकै क्रममा छ।’

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश चन्दसमेत अछाममा छन्। चन्दले घटनाबारे अनुसन्धानमा भएको प्रगति र प्राविधिक पक्षको विश्लेषण गरेका छन। प्रहरीले किशोरी मृत भेटिएको घटनामा दुई जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ।

मृतक किशोरीसँगै गोठालो गएका २० वर्षमुनीका किशोरविरुद्ध मृतकका हजुरबा अबि खड्काले कर्तव्य ज्यानमा किटानी जाहेरी दिएका थिए। दुवै किशोरीको बुधवार अन्त्येष्टि समेत गरिएको छ ।

प्रहरीले शव परीक्षणको रिपोट प्राप्त नभएको जनाएको छ। रगतसहितका केही नमुना विस्तृत परीक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ।

सम्बन्धित खबर

काठमाडौँ महानगरपालिका– २४ स्थित मखन टोलमा आज बिहान भएको आगलागी नियन्त्रणमा आएको छ । बिहान ६ः५० मा सुरु भएको आगलागी बिहान…
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बेलुका ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक तय भएको प्रधानमन्त्री ओलीको…
दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८…

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट भएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८७ अङ्कले घटेर दुई हजार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *