• माघ ९, २०८१
  • No Comment
  • 71

चार दिनदेखि बेपत्ता युवकको शव पोखरीमा भेटियो

धनुषामा चार दिनदेखि बेपत्ता एक युवकको शव पोखरीमा डुबेको अवस्थमा फेला परेको छ ।

छिरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरस्थित पोखरीमा २१ वर्षीय आँशुकुमार महराको शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार शाहका अनुसार बुधबार दिउँसो महराको शव फेला परेको छ ।

परिवारजनका अनुसार युवक छारे रोगबाट ग्रसित थिए । लुकेर माछा मार्ने क्रममा एक्कासि छारे रोगले च्याप्दा उनी पोखरीमा डुबेको हुनसक्ने आशंका प्रहरीको छ । घटनास्थलमा बल्छी पनि फेला परेको प्रहरी निरीक्षक शाहले बताए ।

सम्बन्धित खबर

१७ वर्षे नाबालिगले सौतेनी आमासँग विवाह गरेपछि …… 

१७ वर्षे नाबालिगले सौतेनी आमासँग विवाह गरेपछि …… 

हरियाणा । नाबालिग छोराले आफ्नै सौतेनी आमासँग भागेर विवाह गरेपछि हरियाणाको नुह जिल्लामा सनसनी फैलिएको छ। सम्बन्धलाई लज्जास्पद बनाउने यो घटनाले…
जाजरकोटका वन अधिकृतमाथि कुटपिट गर्ने मुख्य अभियुक्त पक्राउ

जाजरकोटका वन अधिकृतमाथि कुटपिट गर्ने मुख्य अभियुक्त पक्राउ

जाजरकोट  । जिल्ला वन अधिकृतमाथि कुटपिट तथा कार्यालय तोडफोडको घटनामा संलग्न एक जना फरार अभियुक्तलाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ। जिल्ला…
विदेश भ्रमणका लागि डलर सीमा ३ हजारमा वृद्धि

विदेश भ्रमणका लागि डलर सीमा ३ हजारमा वृद्धि

 अब विदेश भ्रमणमा जाने नेपालीले अधिकतम ३ हजार अमेरिकी डलरसम्म लैजान सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विनिमयको सीमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *