• पुस २७, २०८१
  • No Comment
  • 60

त्रिभुवन विमानस्थलमा अवैध सुनसहित तीन जना पक्राउ

नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ। यी तीन जनाले दोहाबाट मलद्वारमा सुन लुकाएर नेपाल ल्याएका थिए।

प्रहरी प्रधान कार्यालयका अनुसार, सप्तरी घर भएका ३२ वर्षीय कृष्णप्रसाद चौधरी, ३० वर्षीय मोहम्मद इलियास र सुनसरीको इटहरी उपमहानगरपालिका–१९ का २७ वर्षीय शिवशंकर चौधरी पक्राउ परेका हुन्।

हिमालय एयरलाइन्सको उडानद्वारा काठमाडौँ आएका यी व्यक्तिहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटमा जाँच गर्दा पक्राउ गरिएको थियो।

प्रहरीले तीनै जनासँग करिब ५८.३३ ग्राम तौलको सिक्री अवैध रूपमा ल्याएको बरामद गरेको छ। कृष्णप्रसादको साथबाट १ थान सिक्री, मोहम्मदको साथबाट १ थान सिक्री, र शिवशंकरको साथबाट १ थान सिक्री बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।

सम्बन्धित खबर

फ्याटी लिभर हटाउन यी ६ चमत्कारी खानेकुरा

फ्याटी लिभर हटाउन यी ६ चमत्कारी खानेकुरा

काठमाडौँ ।पछिल्ला वर्षहरूमा नेपालीहरूमा फ्याटी लिभरको समस्या तीव्र रूपमा बढ्दो छ। अस्वस्थ खानपान, व्यायामको अभाव, र तनावपूर्ण जीवनशैलीका कारण कलेजो वरिपरि…
तपाईलाई थाहा छ ? के हो स्लिप डिभोर्स ?

तपाईलाई थाहा छ ? के हो स्लिप डिभोर्स ?

पछिल्लो समय पश्चिमी देशहरूमा ‘स्लिप डिभोर्स’को प्रवृत्ति तीव्र गतिमा बढिरहेको छ । स्लिप डिभोर्समा जोडीहरू एउटै ओछ्यानमा नसुतेर अलग कोठा वा…
जम्मु–कस्मिरमा पर्यटकमाथि आतंकवादी हमला: एक नेपालीसहित कम्तीमा २६ को मृत्यु

जम्मु–कस्मिरमा पर्यटकमाथि आतंकवादी हमला: एक नेपालीसहित कम्तीमा २६ को…

काठमाडौँ । भारतको जम्मु–कस्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि बन्दुकधारीले गरेको आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *