• पुस २७, २०८१
  • No Comment
  • 150

त्रिभुवन विमानस्थलमा अवैध सुनसहित तीन जना पक्राउ

नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ। यी तीन जनाले दोहाबाट मलद्वारमा सुन लुकाएर नेपाल ल्याएका थिए।

प्रहरी प्रधान कार्यालयका अनुसार, सप्तरी घर भएका ३२ वर्षीय कृष्णप्रसाद चौधरी, ३० वर्षीय मोहम्मद इलियास र सुनसरीको इटहरी उपमहानगरपालिका–१९ का २७ वर्षीय शिवशंकर चौधरी पक्राउ परेका हुन्।

हिमालय एयरलाइन्सको उडानद्वारा काठमाडौँ आएका यी व्यक्तिहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटमा जाँच गर्दा पक्राउ गरिएको थियो।

प्रहरीले तीनै जनासँग करिब ५८.३३ ग्राम तौलको सिक्री अवैध रूपमा ल्याएको बरामद गरेको छ। कृष्णप्रसादको साथबाट १ थान सिक्री, मोहम्मदको साथबाट १ थान सिक्री, र शिवशंकरको साथबाट १ थान सिक्री बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *